जुनोटिक रोगबारे सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न , मान्छेको जस्तै पशुको पनि स्याहार

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जिल्ला पशु सेवा कार्यालय अर्घाखाँचीको आयोजनामा जुनोटिक रोगबारे सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ । 
हरेक आठ महिनामा नयाँ  रोग देखा पर्ने भएकाले मान्छे स्वस्थ्य हुनको लागि पशु पनि स्वस्थ्य हुनुपर्ने कार्यक्रममा बोल्ने वक्ताले बताएका छन् । नेपाल पशु चिकित्सा परिषदका रिजष्ट्रार डा. नारायणप्राद घिमिरेले जुनोटिक लगायत धेरै रोग पशुलबाट मान्छेमा र मान्छेबाट पशुमा सर्ने भएकाले मान्छे बाच्ने आधार नै पशु भएकाले पशुपालनमा ध्यान दिनुपर्ने बताउनुभएको छ । एकै दिन रोग संसारभर फैलिने भएकाले पशुलाई पनि मानवीय व्यावहार गरी पाल्नुपर्ने बताउनुभयो । जंगली जनावर र घरपालुवा जनावरलाई कुटपिट गर्दा, दुव्यावहार गर्दा पनि पशुमा भएका रोग मान्छेमा सर्ने संभावना हुन्छ । त्यसैले पशुलाई खानपान, स्याहार सुसारमा मान्छेलाई जस्तै व्यावहार हुनु जरुरी रहेको उहाको दावी छ । 
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख पीताम्बर शर्माले  पशुपालनमा नमूना जिल्ला बनाउन सबै सरोकारवाला लाग्नुपर्ने बताउनुभयो । उहाले मान्छेको जस्तै पशु स्वास्थ्यको ख्याल गर्दै गाइभैसी, बाख्रा, कुखुरा लगायतका पशु पालेर आन्दानी लिन सबै एक हुनुपर्ने बताउनुभयो । कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसालले पशुपालनबाटै सम्बृद्ध नगरपालिका बनाउन सकिने भन्दै यसमा आफु लागि पर्ने बताउनुभयो । 
जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. लोकनाथ पौडेलले कुखुराको मासु र दूधमा जिल्ला आत्मनिर्भर भएकाले अरुमा पनि आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयो । उहाले बोयर जातको बोकाबाट जन्मने पाठापाठीबाट कृषकले राम्रो फाइदा लिएकाले यसलाई जिल्लाभर सञ्चालन गरी खसीबोका उत्पादनमा नमूना जिल्ला बनाउनुपर्ने बताउनुभयो । 
कार्यक्रममा सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार विक, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, वरिष्ठ कृषि विकास अधिकृत जगन्नाथ तिवारी, उद्योग वाणिज्य संघका प्रतिनिधि लक्ष्मण कंडेल किसानका लागि उन्नत बिउ विजन कार्यक्रम केयूविकेकी राधा नेपाली, कान्तिपुर दैनिकका उपसम्पादक वीरेन्द्र केसी लगायतले पशुपालनमा जिल्लालाई सम्बृद्ध बनाउनुपर्ने धारणा व्यक्त गरेका छन । कार्यक्रमम वरिष्ठ पशु विकास अधिकृत डा. लोकनाथ पौडेलले अध्यक्षता, सुन्दर विकको सञ्चालन र पशु चिकित्सक विष्णु पौडेलका स्वागतमा सम्पन्न कार्यक्रममा जिल्लाका पशु प्राविधिक र व्यावसायीक फार्म सञ्चालन गरेका कृषक उपस्थित भएका थिए ।