(पहिलो प्रकासित मिती: २०७४ फाल्गुन ११, शुक्रवार)
नेत्र मरासिनी
सन्धिखर्क, अर्घाखाँची ११ फागुन । परम्परागत रुपमा सञ्चालन हुदै आएका आरन पेशा लाई व्यबस्थित गर्दै व्यबसायिकता तर्फ उन्मुख गराउने उदेश्यले अर्घाखाँची जिल्लाको शितगंगा नगरपालीकाले आरन व्यबसायलाइ आबश्यक औजार र क्षमता विकास तालीम प्रदान गर्ने भएको छ ।
अव्यबस्थित रुपमा बर्षौदेखी सञ्चालनमा आएका परम्परागत आरन व्यवसायिहरु आबश्यक औजार र क्षमताको अभाबमा लोपहुदै जान थालेपछि नगरपालीकाले यस्तो कार्य गर्न लागेको हो ।
फलामका हसिया,कोदाली,बन्चरो जस्ता अत्यावश्यक घरेलु औजारहरु बनाई बार्षिक बाली संकलन गरी जेनतेन आफ्नो दैनिक गुजरा चलाउदै आएका आरन सञ्चालक व्यवसायिक बन्न नसक्दा आर्थिक अभाबको कारणले पेशा छाड्न बाध्यभएका हुन् ।
लोपहुदै गएको यो पेशालाइ प्रबर्धन गरी आधुनिक रुपमा व्यवसायिकता दिनका निम्ति आबश्यक औजार र क्षमता विकास तालीम प्रदान गर्न लागीएको नगरप्रमुख सुर्य प्रसाद अधिकारीले बताउनुभयो ।
नगरपालीकाले यस कार्यका लागी चालु आर्थिक बर्षका लागी बाह् लाख रकम विनियोजन गरेको छ । यस नगरपालीकामा हाल पचास भन्दा बढि परम्परागत आरन सञ्चालनमा रहेका छन् ।