केशब पोखरेल
काठमाडौं । अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले मिर्गौला पीडित जलजला परियारलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।
अर्थिक सहयोग संकलन अभियानबाट सङ्कलित ने.रु ११३३५०(एक लाख तेह्र हजार तीनसय पचास) संस्थाका सल्लाकार प्रकाश् बेल्बासेले पीडितका बुबा नारायण परियारलाई हस्तान्तरण गरेका हुन् ।
उनको दुवै मृगौलाले काम गर्न छोडेको र बिरामी गायिका जलजला परियारलाइ उनको मृगौला उपचारका लागि मोटो रकमको आबस्यक परेको र उहाँ को परिवारि अर्थिक अवस्थाक कम्जोर रहेको हुनाले अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले कोषाधक्ष राज खनालकोको संयोजकतामा अभियानमा चलाइएको थियो ।
सन्धिखर्क नगरपालिका वार्ड न .१ चुत्रावेसी निवासी बाबु नारायण परियारकि छोरी – #नेपाली #तारा सिजन -३ बाट र बाटोमुनिको फूल २ लगायतका फिल्महरुमा आवाज दिएर आफू र जिल्लालार्इ रास्ट्र सामु चिनाउन सफल गायिका जलजला परिवारको दुवै मृगौलाले काम गर्न छोडेपछि उनको अहिले काठमाडौं स्थित टिचिंग अस्पतालमा उपचार भइरहेको छ ।
उता सहयोगी मन सम्पुर्णलाई हर्दिक धन्यवाद साथै जलजला परियारकोको सिघ्र स्वस्थ्य लाभको कामना समेत मन्चले गरेको छ ।