मधुसुधन पाण्डे
छत्रदेव, अर्घाखाँची फागुन १३ । अर्घाखाँची जिल्ला एउटा त्यस्तो जिल्ला हो जहाँ गाउँ गाउँमा बाटो पुगेको जिल्ला भनेर नेपालभर चिनिन्छ। अर्घाखाँचीका ग्रामिण सडक यतिबेला धुलाम्य र अस्तव्यस्त देखिन्छन् ।
यस्तै अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा न ४ मौलिपोखरा घुम्टी देखि देउराली जाने बाटो स्थानीयको पहलमा खन्न सुरु भएको छ।
गाउँपालिकाले गरेको नीति तथा तर्जुमा र वडा कार्यलयले गरेको तर्जुमामा देउरालीको बाटो नसमेटिएपछि स्थानीय आफै सक्रिय बनेका हुन्।
यसअघि यस बाटोको बारेमा गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले यस बर्षको कार्यक्रममा नसमेटिए पनि अर्को बर्ष समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो तर त्यहाँका जनता गाउँपालिकाको बाटो नहेरी आफै सक्रिय भई बाटो निर्माण गरेका हुन् ।
तस्बिर विष्णु खनाल