अन्तराष्ट्रीय महिला दिवस International women’s day

– लक्ष्मी बेल्वासे
अन्तराष्ट्रीय महिला दिवश महिलाहरुको दिन हो । जुन दिनलाई विश्वभरका आम महिलाहरुले आफ्नो अधिकार र स्वतन्त्रताको आन्दोलनको एउटा महत्त्वपूर्ण दिनको रुपमा मनाउने गर्दछन। सामाजिक तथा राजनैतिक जिवन संग जोडिएर महिलाहरुले प्राप्त गरेका उपलब्धिहरुको सम्मान स्वरुप यो दिन मनाउने गरिन्छ । खास गरि यो दिन संसारभरका श्रमिक तथा मेहनतकस महिलाहरुको अधिकार प्राप्तिको आन्दोलनको रुपमा शुभकामनाहरु आदान प्रदान गरेर अन्तर्राष्ट्रिय महिला दिवस मनाईन्छ । 
  कुनै पनि देशको प्रगतिको लागी त्यो देशको सामाजिक , आर्थिक  र राजनैतिक क्षेत्रमा महिलाहरुको भुमिका र सहभागितालाई प्रमुखरुपमा लिनुपर्दछ। महिलाहरुको सहभागिता विना कुनै पनि प्रकारका बिकासात्मक कार्यहरू को कल्पना गर्न सकिँदैन। बिधमान असमान र विभेदयुक्त्त समाजले महिलाहरु माथी एकोहोरो र निकै निर्ममतापुर्बक प्रहारहरु गरेको छ। संसारको सामाजिक बिकासका लागि यस खालका लैंगिक असमानताको निरुपण गरिनु अत्यावश्यक हुन्छ । तर यस्ता कैयौ देशहरु छन जंहा देशको आर्थिक र राजनैतिक क्षेत्रमा महिलाहरुको उपस्थिति एकदमै न्युन रहेको छ। समाजमा एउटी महिला भएर जन्मिएकै कारणले उसले बिभिन्न प्रकृतिका  शारीरिक तथा मानसिक शोषण खेप्नुपरेको छ। समाजमा अहिले पनि कयौ महिलाहरु हिंसाको शिकार भएका छन। 
त्यस्ता हिंसाहरु घरेलु देखि सामाजिक र राजनैतिक प्रकृतिका हुने गरेका छन। महिला हिंसाका विश्वमा घट्ने घटनाहरु लाई हेर्दा यौन हिंसाका घटनाहरुको अवस्था बढ्दो रुपमा पाईन्छ । यसखालका महिला हिंसाका घटनाहरु यति अमानवीय र क्रुर छन की जुन घटनाले सामान्य मानविय समबेदना समेतको धज्जी उडाएका छन। जस्तो अफ्रिकामा महिला भै जन्मनु अपराध जस्तै हुन्छ र त्यहा महिलाको अस्तित्वलाई नै नामेट पार्न खोजिदै छ। भारत , बंगलादेश लगाएतका देशहरुमा दाईजोप्रथाको कारण हजारौं महिलाहरुले जिंउदै जलेर मर्नुपरेको कुरापनि त्यति नौलो भएन । नेपालकै तराई क्षेत्रमा पनि दाईजो प्रथा र यसका कारण सृजना भएका अपराधका घटनाहरु निरन्तर घटिरहेका छन।
 एउटी महिलाले आफ्नी आमाको पेटमा भ्रुणको रुपमा गर्भमा रहदा देखिनै उसको हत्याका अनगिन्ती प्रयासहरु हुने गरेका छ्न। यदि उसले जन्म लिईहालेपनि समाजमा कयौ बिभेदको सिकार हुनुपरेको छ। कयौ अवसरबाट महिला भएकै कारण बन्चित हुनुपरेको छ। समाजका सामाजिक संस्कार, रितिरिवाज र धार्मिक चलनहरुका नाममा समेत कुनै न कुनै प्रकारले प्रताडित बनाउने र विभेद गर्ने गरेको पाइन्छ ।  धार्मिक शास्त्रहरुलाइ तत्कालीन सन्दर्भमा समाजको कानुनको रुपमा स्थापित गरि कानुनत महिला माथी उत्पिडन गर्ने र शोषण गर्ने गरियको थियो। हिन्दु शास्त्र अनुसार पुरुषहरु यति सम्म स्वतन्त्र थिए की उनिहरुले जति सुकै बिवाह गर्नु स्वतन्त्र र बहादुरीको बिषय हुन्थ्यो। बहुबिवाह सस्थागत थियो। जस्तोकी योगेन्द्र मल्लका ३१ वटी रानी थिए भनिन्छ। शास्त्रहरुमा भगवानहरु का थुप्रै श्रीमती भएको कुरा उल्लेख गरिएको पाइन्छ। समयको क्रम संगै यि कुराहरु समाजमा कम हुदै गएतापनी समाजमा अझै पनि नारीको स्थिति जर्जर छ। दासप्रथा, बालबिवाह, बहुबिवाह जस्ता जटिल प्रथाहरु अझै पनि निरन्तर चलिरहेका छन। नेवार समुदायमा कुमारी प्रथा, सुदुरपश्चिममा छाउपडी प्रथा, देउकी जस्ता रुढीग्रस्त संस्कारहरु अझै पनि हट्न सकेका छैनन, कुनैन कुनै रुपमा समाजमा स्थापित छ्न।परम्परा देखिनै महिलालाई बच्चा जन्माउने , हुर्काउने , घरपरिवारको ख्याल गर्ने , सासुससुरा र लोग्नेको स्याहार सुसारमै दिनहरु ब्यतित गर्नुपर्ने जस्ता कार्यहरुले उनिहरुको क्षमता, प्रतिभा र सृजनात्मकताहरु गर्दा संकुचित हुँदै गए। त्यस संगै अन्य बिभेदहरु पनि संस्थागत हुदै गएको पाईन्छ ।
 यसखालका सामाजिक बन्धन र रिति बिरुद्द बोल्ने महिला सामाजिक अभियन्ताहरु बिरुद कयौ षड्यन्त्रहरु हुने गरेका छ्न। समाज परिवर्तन गर्न खोज्ने तसलिमा नसरिन  देश निकाला हुन पुगिन, मलाला युसुफजाइको कन्चटमा गोलि प्रहार गरियो, बेनेजिर  भुट्टोलाई धार्मिक आलोचकको आरोपमा बिभत्स हत्या गरियो। यस्ता कार्यहरु पक्कैपनि महिला अधिकारको आन्दोलनका लागी अबरोध हुन र अधिकारकर्मी महिलामाथिको निकृस्ठ प्रहार हो।
ब्याक्ती, समाज र राज्यको पितृसत्तात्मक सोचले महिला माथी गरेको अपमान र विभेद सङै महिलाले महिलामाथी गर्ने शोषण पनि एउटा अमिलो उदाहरण हो । आफु बुहारी हुदाका पिडाहरु भुलेर सासु बनेका तिनै महिलाले आफ्ना बुहारी माथी अत्याचार गर्छ्न। त्यहि नारी सौता बनेर अर्की नारी माथी अन्याय गर्न पुग्छे । अझैपनि भाउजु , बुहारी, नन्द, आमाजुहरुको नाममा हुने सामाजिक संस्कार र चरित्र अहिले पनि पुरानै प्रकृतिको छ। ठुला ओहोदामा बसेर साधारण  ग्रामिण महिलाहरु, पिछडिएका, उत्पिडित र कमजोर  महिलाहरुलाई शोषण र दमन गरेका पाइन्छन। यसखालका विभिन्न प्रकृतिका बिभेदहरु विरुद्ध स्वयम महिलाहरु भित्र सचेतनाको आवश्यकता छ। त्यसोत महिला मुक्तिको आन्दोलन बर्गिय मुक्ति बिना सम्भब छैन यधपी महिलाका कयौ अधिकारको प्राप्ती र रक्षाको संघर्षलाई भने निरन्तर अघि बढाइरहनु आवश्यक छ। महिला अधिकारका यस्ता संबेदनसिल बिषयहरुलाइ कुनै लैंगिक समुदायको विरुद्धको अभियान बुझ्नुको साटो महिलाहरुको मानव अधिकारको बिषयको रुपमा बुझिनुपर्दछ।
 त्यसकारण हरेक वर्ष मनाइदै आइएको (मार्च ८ का दिन) अन्तराष्ट्रीय महिला दिवशले वास्तवमा एउटा दिनलाइ दिवशको रुपमा मात्र मनाउन नभई महिला अधिकारको बहस र पैरवी गर्ने दिनको रुपमा लिनुपर्छ। यो दिन समाजमा विधमान विभेद, उत्पिडन र हिंसाको अवस्थावाट मुक्त पार्दै समतामुलक समाजको निर्माण गर्न महिला शिक्षाको विकाश गर्ने दिनको रुपमा लिनु पर्छ। 
 समाजका हरेक स्रोतहरु माथी महिलाको पहुंच बढाइ महिला सशक्तिकरणको माध्यमबाट स्वतन्त्र र न्यायिक समाजको निर्माण गर्ने विषयमा छलफल गर्ने महिलाको एउटा एेतिहांसिक दिनको रुपमा अन्तर्राष्ट्रीय श्रमिक महिला दिवसलाई लिनु पर्छ। अन्तमा संसारका सबै श्रमिक र मेहनतकस महिलाहरुलाइ हार्दिक शुभकामना ।