पालीका कांग्रेस पुर्वसभापति खनालको हृदयघातका कारण निधन

अर्घाखाँचीडट्कम संवाददाता 
काठमाडौं । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ८ तथा साविक पाली गाबिसका नेपाली कांग्रेस पुर्वसभापति कमल खनालको हृदयघातका कारण निधन भएको छ।
 हालै सम्पन्न स्थानिय तहको निर्बाचनमा सो वार्डबाट अध्यक्षको उम्मेदवार समेत रहेका ५४ बर्षिय खनालको हिजो साँझ पेट दुखेको अबस्थामा बुटवल सिटी अस्पतालमा भर्ना भएकोमा डाक्टरको सल्लाहले किडनी र फोक्सोमा असर देखिएकोले हेलिकप्टरबाट आज काठमाडौं धापासी स्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरी उपचारको अवस्थामा निधन भएको हो । 
खनाल केही समयदेखि बुटवल व्यापार गर्दै आएका थिए । खनालका श्रीमती २ छोरा र एक छोरी रहेका छन भर्खर मात्र छोरिको बिबाह सम्पन्न भएको थियो ।
खनालको भोली गुल्मीको रिडिमा लगेर अन्तिम दाहसंस्कार गरिने भएको छ ।