विनाेद गैरे
खिल्जी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ६ खिल्जी हटियाका अन्दाजी ६२ वर्षका कविराज श्रेष्ठको करेन्ट लागेर मृत्यू भएको छ ।
आज विहान १०ः३० वजेको सेरोफेमा कुटमेराको घास काट्ने क्रममा हाईटेन्सन लाईनले करेन्ट लागेर उनको मृत्यू भएको हो ।
मृतक श्रेष्ठको सव पोष्टमार्टमको लागि अहिले जिल्ला अस्पताल सन्धिखर्क अर्घाखाँची लगिएको स्थानीय चन्द्र बस्नेतले जानाकारी दिनुभएको छ ।