सन्धिखर्क नगरपालिकाले फोहोर मैला अझ व्यवस्थित गराउने, नयाँ ट्याक्टर खरिद

बसन्त श्रेष्ठ 
सन्धिखर्क, अर्घाखाँची । फोहोर मैला व्यवस्थापनलाई सन्धिखर्क नगरपालिकाले अझ व्यवस्थित गराउने भएको छ ।
 फोहोर मैलाई व्यवस्थापनलाई प्रभावकारी बनाउन नयाँ ट्याक्टर खरिद गरिएको सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले बताउनुभयो । 
नगरपालिकाले नगरक्षेत्रलाई सफा स्वच्छ र हराभरा बनाउन सरसफाई अभियान सञ्चालन गरेको उपप्रमुख ठाकुर कुमार बिक किशोरले बताउनुभयो । 
नगरपालिकाले एक टिप्पर यश अघिनै फाेहाेर फाल्नका लागि सञ्चालन गर्दै अाएकाे छ । जिल्लामा प्रत्यके शनिवार सरसफाई कार्यक्रम पनि चल्दै आएको छ ।
प्रकास सचेतन समुह प्राग र जिल्लामा रहेको सराकारवालहरुको अगुवाइमा नियमित रुपमा शनिवार सरससफाई अभियान सञ्चालन हुँदै आएकोछ । नगरपालिकाकाे डम्पिङ साईड भने व्यवस्थित गर्नुपर्ने नगरबासीकाे सुझाव छ । 
बजारकाे प्रवेशद्वारमा रहेकाले साैन्दयतामा खलल ल्याउने नगरबासीकाे चिन्ता छ ।