अर्घाखाँचीको सामाजिक तथा पर्यटकिय क्षेत्रमा ठुलो योगदान गरेका सहायक प्रजिअ नारायण खत्रीलाई विदाई

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीलाई एक कार्यक्रम आयोजना गरी विदाई गरिएको छ । 
जिल्लाबाट गृह मन्त्रालयमा सरुवा भएर जान लागेका खत्रीलाई कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले विदाई गरेको हो । विदाई कार्यक्रममा जिल्ला शिक्षाा अधिकारी लिलबहादुर राउत क्षेत्री, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नबरत्न पौडेल लगायत विभिन्न सरकारी कार्यालय प्रमुखहरु, कर्मचारीहरुको उपस्थिती रहेको थियो । 
खत्री गत वर्ष २०७३ साउन महिना देखि अर्घाखाँचीमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए । 
सामाजिक तथा पर्यटकिय क्षेत्रमा ठुलो योगदान   
सरुवा भएर जादै गरेका सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले अर्घाखाँची जिल्लाको सामाजिक तथा पर्यटकिय क्षेत्रमा ठुलो योगदान गरेका छन् । 
खत्री पहिलो कर्मचारी हो जसले १९ महिनाको छोटो अवधिमा पनि जिल्लाको सामाजिक तथा पर्यटकिय क्षेत्र लगभग दर्जन उदाहरणीय कामको शुरुवात मात्र गरेनन् जिल्लाबासीका प्यारा भए, सबैका मनमा बस्न सफल भए । उनका उदाहरणीय कामको जिल्लामा मात्र नभएर देश- विदेशमा सधैं चर्चा नै भएको देखिन्छ ।    
उनले जिल्लामा रहदा गरेका विभिन्न स्मरणिय काम यसप्रकार छन् : –        
* जनमुखि सेवा बजार अनुगमन र निर्वाचन ।
* सेवामैत्री पुर्वाधार( खानेपानी बस्ने व्यवस्था सिसि क्यामेरा असल संस्कार अादी ।
* शान्ति तथा लदाम बगैंचा अाधुनिकिकरण ।
* सुपादेउराली मन्दिरकाे बिकास तथा ब्यबस्थापन ।
* एेतिहासिक जिल्लाकाे डकुमेन्ट्री ।
* चन्द्र प्रभा माबि मा पुस्तकालय भुतपुर्ब बिद्यार्थीहरूबाट स्थापना ।
* पर्यटकिय स्थलकाे प्रबर्द्धन ।
* बागि खाेला सरसफाई लगायतका सकरात्मक याेगदान ।
* घर निर्माण तथा नागरिक तथा समाज संग नजिककाे सम्बन्ध स्थापना ।