खडान्द भुसाल बामरुके/ राजकुमार खनाल
छत्रदेब, अर्घाखाँची । देशभरका स्वास्थ्य संस्थामा औषधीको अभावको कुरा आइरहेको बेला अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिकाले भने निशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण कार्यक्रम सञ्चालन गरेको छ ।
बृद्ध बृद्धा तथा अपांगलाई दिइने सामाजिक सुरक्षा भत्ता र निशुल्क स्वास्थ्य परीक्षण सञ्चालन गरी गाउँपालिकाले आफ्ना ८ वटै वडामा निशुल्क स्वास्थ्य परीक्षणको आयोजना गरेको छत्रदेब गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिनुभयो अध्यक्ष प्रोख्रेलले पछाडी पारीएको गरिव निमुखा जनतालाई स्वाथ्यको पहुचमा ल्याउन यो निशुल्क शिविर सञ्चालन गरेको वताउनु भएको छ ।
गाउँपालिका उपाध्यक्ष तुलसादेवी श्रेष्ठले शिविर सञ्चालन तथा वृद्द भता बितरण कार्यक्रम आगामी दिनमा अझ ब्यवस्थित गरेर लैजाने उदेश्य रहेको वताउनु भएको छ ।
स्वाथ्य सेवा लिन नआउने गाउँ गाउँका विरामी हरु पनि स्वाथ्यको पहुचमा आएको भन्दै यसले गाउँपालिकाको बिरामीहरुको अभिलेख राख्न समेत राख्न सजिलो हुने प्रमुख प्रशाशकिय अधिकृत भेषराज पन्थले जानकारी दिनु भएको छ ।