किमडाँडाको आपखोलामा आमाको सम्झनामा प्रतीक्षालय निर्माण

राजकुमार श्रेष्ठ 
आपखोला, अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वाड न ८  किमडाँडाको आपखोलामा युवा समाजसेबिले प्रतीक्षालय निर्माण गर्नु भएको छ ।
 सनपा १ निबासि युवा समाजसेबी ब्यक्ति विभिन्न ठाउमा सहयोग गर्दै आउनु भएका सुरेन्द्र पाण्डेले आफ्नी पुज्यनिय आमा स्व रुमकला पाण्डेको सम्झनामा  बाटोमा आवतजावत गर्ने बटुवाको लागि भन्दै प्रतीक्षालय निर्माण गर्नु भएको हो । 
 २०१६ साल भदौ १० गते जन्म भइ बिभिन्न रोगको कारण ४७ बर्ष को कलिलो उमेरमा उपचार को क्रममा २०६३ भदौ १० गते स्वगबास आमा प्रती सम्झना गर्दै पुज्यनिय आमाको सम्झना विभिन्न ठाउमा समाजिक काम गर्दै आउनु भएका युवा समाज सेबि सुरेन्द्र पाण्डेलाई सोही इस्थानिय बासी तथा वाड अध्यक्ष  इस्वरी भुसाल  ले उद्घाटन गर्दै धन्नेबाद दिनु भयो । 
आफू रोजगार को सिलसिला भनौ वा व्यापार को सिलसिलामा जहाँ रहेता पनि आफ्नो जन्म गाउँ लाई सधै माया गरिरहेको र आउदा दिन हरुमा पनि यस्तै समाजिक काम गरेर जन्म ठाउको नजिक रहने बाधा गर्नु भएको छ । 
सुरेन्द्र पाण्डेका बुबा अजित सिंह पाण्डे दाजु युबराज पाण्डे, दिदी जमुना  लागायत सम्पुर्ण गाउले इष्टमित्र आफन्तीहरु उहाको  सामाजिक कार्य प्रति खुशी ब्यक्त गर्नु भएको छ ।