नाइजेरियामा बोको हराम समूहको कब्जामा रहेका ११० जना छात्रा रिहा


नाइजेरियामा ‘बोको हराम’ समूहको कब्जामा रहेका ११० जना छात्रा बुधबार रिहा भएका छन् ।
नाइजेरियाको दापाचीबाट उनीहरुलाई सकुशल कब्जामुक्त गरिएको हो ।
दापाचीको एक विद्यालयबाट एक महिनाअघि अपहरणमा परेका छात्रामध्ये पाँचजनाको भने मृत्यु भइसकेको बताइएको छ । यद्यपि, उनीहरुको मृत्युको कारण भने खुलाइएको छैन ।
यसअघि पनि बोको हरामले चिबोकबाट २०० भन्दा बढी छात्रालाई अपहरण गरेको थियो । (एजेन्सी)