अर्घाखाँचीडट्कम संवाददाता
खनदह, अर्घाखाँची । सुशासन प्रबद्र्धनका लागि सूचना लिने र दिने बानीको विकास गरौ भन्ने मूल नारा सहित सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम आज मालारानी गाउँपालिका अर्घाखाँचीको खनदहमा सम्पन्न भएको छ ।
मालारानी गाउँपालिकाको सहकार्य र सूचना तथा सुशासन अभियान, सिआईजीको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी तथा प्रमुख प्रशासकिय अधिकृत जनक राज पन्थीले सूचनाको हक नागरीकको मौलिक अधिकार भएपनि जनचेतनाको अभावका कारण सूचना माग्ने परिपाटीको विकास नभएकोले यस सम्वन्धमा अभियान सन्चालन गर्नु परेको बताउनु भएको थियो ।
बिषयवस्तुमा केन्द्रित भई भिजुअल मार्फ्त सिआईजी अध्यक्ष तथा सूचनाको हकका अभियन्ता मुक्तिनाथ भुसालले सहजीकरण गर्नु भएको सो कार्यक्रममा प्रमुख अतिथी पन्थीलाई सिआईजी संस्थाले मायाको चिनो प्रदान गरेको थियो ।
निर्वाचित जनप्रतिनिधी तथा कर्मचारीहरुको उपस्थीती रहेको उक्त कार्यक्रमलाई नेत्र प्रसाद खनालको सन्चालन र स्वही वडाकी काव अध्यक्ष दिपा पोख्रेलले सभापतित्व गर्नु भएको थियो । सूचनाको हक सम्वन्धमा नागरिकलाई जानकारी गराउने उद्धेश्यका साथ भोली देखी लगातार तिन दिन सम्म मालारानी गाउँपालिकाको हंसपुर, मरेङ्ग र बाँगीमा दिनको ठिक ११ बजेदेखी कार्यक्रम हुन गईरहेको सिआईजी संस्थाले जानकारी गराएको छ ।