अर्घाखाँचीडट्कम संवाददाता|
वसन्त ऋतुको संघारमा टेकेछ पाइला कहाँ
आमाको न्यानो कोखबाट प्रकृतिको काखमा।
बन्द संसार पार गरी खुला आकाशमा
आयो यात्रा सुरु गरेँ भनी सबैलाई व्यँझायो ।
यात्रा त सुरु गर्यो कुनै गन्तव्य बिना थाहै भएन
उसलाई कहाँ पुगिएला कुन दिन ।
’ चट्टान पत्थर खोला र जंघारले छेकिएन
आफ्नो स्वार्थ र फाइदा कहिल्यै हेरिएन ।
यात्रा निरन्तर छ भोक प्यास पनि भनिएन
थकाइ लाग्दा बास बस्न झुपडी बाहेक भेटिएन ।
समाज फेर्न खोज्दा पुरानै सोंच मेटिएन
केवल प्राण धान्दै अघि बढ्न हिम्मत हारिएन।
हिड्दा हिड्दै सहयात्रीहरु समुद्रपारि पुगेछन्
पत्तै भएन दिन बितेको दाँत पनि गलिसकेछन् ।
पाइलै पिच्छे ठेस लाग्दै उपचार गर्दै गर्दा फुर्सदै भएन
उसलाई साथीको कांध फेर्दा ।
तर पनि यात्रा जारी छ छैन कत्ती थकाई
विस्तारै पाइला सार्दै छ सबैलाई अघि लगाइ ।
बाटोमा आएका खहरे भेल र आँधीसँग नडराइ
खोला तर्न फड्के अनि पुल बन्छ हात समाइ ।
यात्रीको यात्रा कत्ती पनि छैन
रोकिएको गन्तव्यमा पुग्न छैन
अझै पहाड फोरिएको ।
अथक योध्दा बनेर समाज बदल्न खोजिएको
सजिलो बाटो छोडेर भिरको बाटो रोजिएको ।
हिडदा थकाइ मानिएन पारिश्रमिक पनि मागिएन
दुश्मनको सामु कहिल्यै घँडा टेकिएन ।
लोभ लालचले लोभिएन रोइकराइ गरिएन
आफ्नो बाटो हिडदा कसैको खुट्टा तानिएन।
समाज बदल्ने झिनो आसा फेरिएको कहाँ छ र ?
रुप मात्र फेरिए जस्तो गुण भरिएको कहाँ छ र ?
गन्तव्यमा विश्राम लिन पुग्नु पर्छ अझै पर
अथक यात्रा रोकिदैन चल्छ अझै निरन्तर ।
चल्छ अझै निरन्तर ।।
बिजुला रायमाझी(पौरखी)