भारतमा दलित समुदायले गरेको विरोध प्रदर्शन हिंसात्मक, मध्य प्रदेशका विभिन्न स्थानमा कर्फ्यू

भारतमा दलित समुदायले गरेको विरोध प्रदर्शन हिंसात्मक बनेपछि विभिन्न स्थानमा कर्फ्यू
भारतमा दलित समुदायले गरेको विरोध प्रदर्शन हिंसात्मक बनेपछि मध्य प्रदेशका विभिन्न स्थानमा कर्फ्यू लगाइएको छ ।
 
प्रदर्शनका क्रममा सात जनाको मृत्यु भएको छ । रेल सेवामा अवरोध पु-याइएको छ भने विभिन्न राज्यमा मुख्य राजमार्ग बन्द गरिएको छ ।
सर्वोच्च अदालतले दलित तथा जनजाति समुदायविरुद्ध हुने ज्यादतिका घटनामा संलग्न भएकाहरुलाई पक्राउ गर्न थप जाँच गर्नुपर्ने निर्णय गरेपछि उनीहरु विरोधमा उत्रिएका हुन् ।
निर्णयले आफूहरुमाथिको आक्रमण बढ्ने उनीहरुको तर्क छ । प्रान्तीय सरकारले भने अदालतलाई निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ ।
उत्तर प्रदेश, झारखण्ड, विहार, पन्जावमा पनि प्रदर्शनको प्रभाव परेको छ ।
सोमबारमात्र भारत बन्दको आह्वान गरिएको थियो । भारतमा सन् १०१६ मा मात्रै ४० हजारभन्दा बढी अपराध कथित तल्लो जातविरुद्ध भएको तथ्यांक छ । (एजेन्सी)