बसन्ता के.सी
फुदवाङ, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ फुदवाङमा सात दिने हस्तकला तथा आय आर्जन सम्बन्धी तालिम सम्पन्न भएको छ ।
तालिकाको उद्घाटन नगर मेयर कमल प्रसाद भुसाल र उपमेयर ठाकुर कुमार बिकले गरेका थिए ।
तालिममा ३१ जना महिलाहरुको सहभागिता रहेको थियो । वार्ड अध्यक्ष प्रितम बहादुर थापा र वार्ड सदस्य बसन्ता केसीको आतिथ्यमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा सहभागीता महिलाहरुलाई सनम टन्डनले प्रशिक्षण गराएका थिए । सात दिने सिपमुलक तालिममा साइड ब्याग, झुम्मर पर्स बनाउने, ऐना राख्ने सामाग्री लगायत हस्तकला बनाउन सिकाइएको थियो ।