सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर दुईका युवा राजकुमार खनालले केहि समय भित्र काली माईको मुर्ति प्रतिस्थापन गर्ने भएका छन् ।
गरिब दु:खी असाहय जेहेनदारहरुलाई सहयोग गर्दै अाएको युवाहरु सम्मिलित जयमाहाकाली नामक धार्मिक संस्थाले चुत्राबेसी बागीखोलाको किनारमा एतिहासिक काली माईको मुर्ति राख्ने तैयारी गरिएको हो ।
मुर्ति राखेपछि धार्मिक रुपले पनि सन्धिखर्कको बिकास गर्ने उदेश्यले मुर्ति राख्दा अर्घाखाँचीको बिकासमा टेवा पुग्ने अाफुअरुले अपेक्षा गरे अनुरुप मुर्ति राख्ने तैयारी भएको जयमाहा काली धार्मिक संस्थाका उपाध्यक्ष समाज सेवी युवा ब्यबसायी खडानन्द भुसालले जानकारी दिनु भयो ।
मुर्ति राख्नका लागि तैयारी तिब्र पारिएको जयमाहाकालीका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनु भयो । ब्यक्तिगत लगानिमा अहिले सम्म सामाजिक सेवा गर्दै अाएका युवाहरुले अब संस्थालाई सहयोग गर्न अाग्रह समेत गरेका छन । अाफुहरु ब्यबसायी भएपनि धार्मिक कार्य अाफुहरुको प्राथमिकता रहेको राजकुमार खनालले बताए ।