सन्धिखर्कमा सुझाब संकलन तथा अन्तर्किया कार्यक्रम सम्पन्न, नगरबासीको चाहाना अनुसार बिकासले तिब्रता लिएको नगरप्रमुख भुसालको भनाई

सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले नगरक्षेत्रको बिकास नगरबासीको चाहना अनुसारले तिब्रता लिएको बताउनु भएको छ।
सन्धिखर्क नगरपालिकाले स्थानिय कानुन बनाई लागु गर्ने उदेश्य अन्तरगत बिषयगत र सरोकारवाला बिचमा भएको सुझाब संकलन तथा अन्तर्किया कार्यक्रममा अाफ्नो भनाइ राख्दै भुसालले अागामी दिनमा अझै जनमुखि कार्यक्रमलाई  प्राथमिकता दिनेमा जोड दिदै उहाले नगरपालिकाले अहिले सम्म गरेका बिकासका काम तथा नितिगत कानुनका बारेमा समेत जानकारी गराउनु भएको थियोे ।
नगरपालिकाले शिक्षा बिधेयक सहकारी बिधेक लगाएतका अन्य बिधेयकका बारेमा सरोकारवालासँग छलफल गरि सकेको छ भने मंगलबार स्थानिय एफएम रेडियो सन्चालन बिधेकका बारेमा सन्चारकर्मीहरुसंघ छलफल तथा सुझाब लिएको थियोे ।
बुधबार नगरकार्यपालिकाको बैठक बस्ने र ३० गते नगरसभा समेत गर्ने जानकारी समेत उहाले दिनु भएको थियोे । नगरप्रमुख भुसालले सबैको साथ सहयोग भएमा नगरको बिकासमा अामुल परिबर्तन हुने बताउनु भएको हो ।उहाले बाटो घाटो शिक्षा स्वास्थ्य सन्चारको बिकाशकाका लागि नगरपालिकाले बजेट बिनियोजन गरेको बताउदै पाँच बर्षमा नगरको मुहान फेरि बेरोजगारी समस्या अन्त भष्टचार मुक्त नगर बनाउने बताउदै कहि कतै भष्टचार गरेको प्रमाणित भए अाफुले पद त्याग गर्न तयार रहेको बताउदै बिकास निर्माणमा जुट्न अाग्रह गर्नु भयो ।
उहाले नगरपालिका भित्र बजार क्षेत्रमा अस्त ब्यस्त रहेका टङकिहरुलाई हटाउन अाग्रह गर्दै पेटि भन्दा बाहिर कुनै पनि सामान हरु नराख्न अाग्रह गर्नु भयो । बजार अनुगमनलाई तिब्रता दिने उहाले दावी गर्नु भयो ।
कार्यक्रममा नगरउपप्रमुख ठाकुर कुमार बिकले अहिले सम्म नगरपालिकाबाट भए गरेका कामका बारेमा अनुगमन गर्नका लागि सबैलाई अाग्रह गर्दै पारदर्शी काम गर्ने अाफुहरु लागि परेको बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत रमेश गौतमले बिकास निर्माण कार्यले तिब्रता लिएको बताउदै अनुगमनलाई अाफुहरुले तिब्रता दिएको बताउनु भयो । कार्यक्रममा कानुनी सल्लाहकार जगन्नाथ भुसाल केबी भुसाल सन्चारकर्मीहरुको उपस्थिति रहेको थियोे । 
जस्तापाता सामग्री हस्तान्तरण
त्यस्तै सन्धिखर्क नगरपालिकाले सन्धिखर्क नगरपालिका वाड नं. ६निवासी कृष्णबहादुर नेपालीकाे अागाेलागी भइ निर्माणकार्य भएको घरमा नगरपालिकाबाट जस्तापाता लगाएका सामग्री हस्तान्तरण गरेको छ ।
अार्थिक अबस्था कमजोर भएका उनको परिबारलाई नगरपालिकाबाट चार बन्डल जस्तापाता बितरण गरिएको हो । नगरप्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिक प्रमुख प्रसासकिय अधिकृत रमेश गौतम वार्ड अध्यक्ष कृष्ण आचार्य लगायतको टोलि घरमै पुगेर जस्तापाता बितरण गरिएको थियो ।