चुत्राबेसीमा डाेजर चल्याे, सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा भत्काउन शुरु (भिडियो, तस्बिर सहित)
चैत्र २८ गते, २०७४ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
चुत्राबेसी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका घर टंकी-टहरा भत्काउन शुरु गरेको छ।
सन्धिखर्क नगरपालिकाले सार्वजनिक जग्गा खोज्ने र संरक्षण गर्ने क्रममा यसरी मिचेर बनाइएका घरटहरा भत्काउन थालेको हो।
नगरपालिकाले घर भत्काउन दिएको समयावधिमा भत्काउन आलटाल गरेपछि डोजर लगाएर घर भत्काएको हो। नगरपालिकाले पुरन बहादुर थापाकाे झुप्राे समेत भत्काएको छ ।
सन्धिखर्क नगरपालीकाले पुरन बहादुर थापाकाे टहरोमात्र हाेईन सन्धिखर्क, चुत्राबेसीमा सार्वजनिक जग्गामा अतिक्रमण गरि बनाएका घर टहरा पनि डाेजर लगाएर भत्काउने चेतावनी दिएको छ।
नगरपालिकाले वार्ड नम्बर १ र २ बजार क्षेत्रमा सार्वजनिक जग्गा खोजी गरी त्यहाँ पार्किङ स्थल निर्माण गर्ने बताएको छ । सोही अनुसार सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ को चुत्राबेसीमा भगबती पार्कको सिल्यान्यास समेत गरिएको छ ।