प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची २ बैसाख । नेपाल यातायात मजदुर संघ अर्घाखाँचीद्धारा सञ्चालित बिपि सिद्धान्त विकास संस्था नेपालको आयोजनामा पहिलो भेला तथा अन्तरक्रिया कार्यक्रम आज अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न भएको छ ।
कार्यक्रममा मन्तब्य राख्दै जिल्ला समन्वय समितिका संयोजक पिताम्बवर भुसालले विपिको सिद्धान्त र बिचार वैज्ञानिक भएकाले यसको प्रचार प्रसार गरि महत्व बुझाउनु पर्ने बताउनु भयो । उहाले महामान विपिको सिद्धान्त विकास गर्न सबै एक भएर लाग्नु पर्ने बताउनु भयो ।
नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु खनाल मुस्कानले नेपाली कांग्रेसका सस्थापक महामानव विपिको बिचारलाइ बुझेर सबै अगाडी बढ्नु पर्ने बताउनु भयो । कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस प्रदेस नम्वर पाँचका सचिव नन्दराम भटराइ, जिल्ला अध्यक्ष सुमन्त प्रसाद बस्याल, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका सस्थापक अध्यक्ष बिष्णु प्रसाद भुसाल, लगायतले मन्तब्य राख्दै सस्थाको विकास र प्रगतीको शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रम विपि सिद्धान्त विकास सस्थाका अध्यक्ष आत्मसिंह घर्तीको अध्यक्षता, शुसिल खनालको स्वागत र प्रकाश चन्द्र भटराइको सञ्चालनमा सम्पन्न भएको हो ।