श्री जनशन्ती आधारभूत विद्यालय,किमडाँडा, अर्घाखाँची
गोपाल प्रसाद भट्टराई
किमडांडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम संवाददाता ) । यसै शैक्षिक शत्रदेखी निशुल्क अंग्रेजी माध्यमबाट पढाइ संचालन गर्न लागेको जनता आधारभुत बिद्यालयले पढाई संचालनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ किमडांडा नेपालीचौरमा अबस्थित यस बिद्यालयमा प्रत्येक बर्ष बिद्यार्थीदर घट्दै जांदा स्कुल संचालनमै कठिनाई देखिएपछि स्थानिय शैक्षिक सरोकारवालाहरुको पहलमा निशुल्क अंग्रेजी माधयम बाट पढाइ सुरु गर्न लागिएको बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष शिव प्रसाद पोख्रेलले जानकारी दिनुभएको छ ।
कक्षा १ देखी तल प्ले ग्रुप, नर्सरी र एल.के.जी.गरि ३ तहका अतिरिक्त कक्षा थप गरि पढाई संचालन गर्न लागेको बिद्यालयले भवन, शौचालय,खानेपानी तथा कक्षाकोठा ब्यबस्थापन,शिक्षक ब्यबस्थापन, बिद्यार्थी तथा शिक्षकले लगाउने डे«सको छनोट, स्कुलमा पढाउने पाठ्यपुस्तकको छनोट लगायतका काम अन्तिम चरणमा पुगेको गुणस्तरिय शिक्षा संचालन अभियानका नेतृत्व सदस्य तथा पूर्व शिक्षक पिताम्बर बन्जाडेले बताउनुभयो ।
सबै पक्षका सुधार गर्ने काममा तिब्रता दिएका छौं,संगसंगै भर्ना पनि चलिरहेको छ,पूर्व शिक्षक बन्जाडेले भन्नुभयो हामी बैशाख ९ गते देखी नै नयां डिजाइनको पढाई सुरु गर्नेछौं । उहांले बिद्यालय उमेर समुहका स्कुल बाहिर रहेका बालबालिका लगायत सबै क्षेत्रका बिद्यार्थीलाई स्कुलमा भर्ना गराइ सहयोग गर्न स्थानियलाई आग्रह समेत गर्नु भएको छ ।
कक्षा ३ सम्म पढाई भइरहेको यस बिद्यालयमा यस बर्षदेखी पहिलो पटक अतिरिक्त कक्षा थप गरि अंग्रेजी माध्यमबाट पठन पाठन सुरु गर्न लागिएको छ ।