अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा ‘एनएमबी बैंक एक घर एक खाता अभियान’ कार्यक्रम सम्पन्न भएको छ ।
‘एनएमबी बैंक एक घर एक खाता अभियान’ कार्यक्रममा आएका नेपाली चलचित्रका महानायक राजेश हमाललाई सन्धिखर्क नगरपालिकाका मेयर कमलप्रसाद भुसालले खादा लगाई स्वागत गरेका थिए ।
शिविरमा राजेश हमालले खाता खोल्नेहरुलाई आफ्नै हातले लक्की विजेताको लागि चाँदीको सिक्का टोपी लगायतका शिविरमा खातावालाहरुको वम्वार उपहार कार्यक्रम अन्तरगत नायक हमाल कै हातले चिठ्ठा थुतेर ५ जनालाई विभिन्न पुरस्कार समेत वितरण गरेका थिए । हमालले एनएमबी बैंक देशको विश्वासिलो र सजिलो बैंक भएको बताएका थिए ।
‘पहिलो पाईला समृद्धिको, आधार सुरक्षित भविष्यको’ भन्ने मुल नाराका साथ एनएमबी बैंकको अर्घाखाँची शाखाले आयोजना गरेको एनएमबी बैंक एक घर एक खाता अभियान” सदरमुकाम सन्धिखर्क शान्ति बगैचामा सम्पन्न प्रचार प्रसार कार्यक्रमको संचालक कलाकार सन्तोष लामाले गरेका थिए ।