खनदहका महिलाहरु बाख्रापालनतर्फ आर्कषित


नविन केसी 
खनदह, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्वर ३ का महिलाहरु बाख्रापालनतर्फ आर्कषित भएका छन । 
१ सय २९ जना महिलाहरु मिलेर मालारानी बाख्रा पालन कृषक समूह गठन गरेका छन । उक्त समूहमा नेपाल सरकारको गट मिशन कार्यक्रम अत्यान्तै प्रभाबकारी भएको जिल्लापशुसेबा कार्यालयकाप्रमुख डा.लोकनाथ पौडेललेबताए । उक्त समूहबाट जिल्लाका अन्य समूहहरुले केहीकुरा सिक्नु पर्ने भन्दै अब दुई वटा बोयर बोका समूहलाई किसानकालागी उन्नत बिउबिजन कार्यक्रमबाट उपल्बध गराउनलागीएको बताए । 
समूहमाआबद्ध भएपछि बाख्रापालनको नयाँ बिधि जानकारी पाएको र आत्मनिर्भर बनाउन सिकाएको कृषक रेमकला बि.कले बताईन । हिजो एक कार्यक्रमबिच निर्माणभएको पशुसकंलन केन्द्रको उद्घाटन गरिएकोछ । उद्घाटन कार्यक्रमा बाल्दै मालारानी गाउँपालिका वडा नम्वर ३ का वडा सदस्य जनार्दन खनालले मालारानीलाई कृषि तथा पशुपालनमा नमुना बनाउनेप्रतिबद्धता जनाएका छन । 
सहकारीको माध्यमबाट बजारको सुनिश्चित गर्दे किशानको पक्षमा काम गर्ने खनालले बताए । समूहले अपेक्षा अनुसारकाम गरेको र आर्यआर्जन तर्फ लागेको बाख्रा बिकाश प्राबिधीक कैलास खड्काले बताए । 
महिला दिदिबहिनीहरुलाई बाख्रा पालनको लागी खोरसुधार मर्मत गर्नको लागी समूहका सदस्यहरुलाई निरव्याजै रु दश हजार रुपैयाउपल्बध गराउने गरेको समूहकी अध्यक्ष दिपापोख्रेलले बताईन । समूहका सदस्य दिदि बहिनी पैसानभएर खोर सुधार गर्न सकिन बाख्रा किन्न सकिन्नभन्ने नहोस भनेर पैचो फिर्ताकार्यक्रम सुरु गरेको पोख्रेलले बताईन ।