पाणिनी गाउंपालिकाद्दारा आगामी बर्षको योजना तर्जुमा छनोट तयारीलाई तिब्र

पाणिनी गाउंपालिकामा
गोपाल प्रसाद भट्टराई
पोखराथोक, अर्घाखांची बैशाख-१० । आगामी बर्षको योजना तर्जुमा छनोटको निम्ती पाणिनी गाउंपालिकाले तयारीलाई तिब्र पारेको छ ।
जस अन्तरगत हिजो पोखराथोकमा सरोकारवालाहरुबिच सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उदेश्यमाथी प्रकाश पार्दै पालिका अध्यक्ष अच्यूत गौतमले आगामी आवका लागि ल्याउने कार्यक्रम वितरणमुखी नभई उत्पादन मुखी हुने बताउनुभएको छ । 
पशु सेवा शाखा प्रमुख हिताराम चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ पशु विकास अधिकृत डा. लोकनाथ पौडेल,गाउंपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौडेल,पोखराथोकका वडा अध्यक्ष नेत्र भट्टराई,छुर्पि व्यवसायी तिलक गैरे, लगायतले आ–आफ्नो धारण ब्यक्त गर्नुभएको थियो । 
यसैबिच सोही अवसरमा केयुविके अर्घाखांचीको ५० लाखको सहयोगमा पोखराथोकमा नव निर्मित पशु सेवा केन्द्र भवनको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. लोकनाथ पौडेलले उद्घाटन समेत गर्नुभएको पत्रकार घनश्याम पौडेलले जानकारी दिनुभएको छ ।