किमडाँडाको जनता आधारभुत विद्यालयमा विद्यार्थी तथा अभिभावकको आकर्षण

गोपाल प्रसाद भट्टराई
किमडांडा, अर्घाखाँची बैशाख-११ ।  ढल्नै आंटेको स्कुललाई ठडाउन दत्त चितका साथ स्थानिय शिक्षाप्रेमी लागिपरेपछि अर्घाखाँचीको सन्धिखर्क ८ किमडांडा नेपालीचौर स्थित जनता आधारभुत विद्यालयमा विद्यार्थी तथा अभिभावकको आकर्षण बढ्न थालेको छ ।
समय सापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्ने सोचका साथ यसै शैक्षिक शत्रदेखी अंग्रेजी माध्यममा पठन पाठन शुरु गरेपछि विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको बिद्यालयले जनाएको छ । 
गुणस्तर शिक्षा प्रदान गरि ब्यबस्थित रुपमा विद्यालय संचालन गर्न गठित समितिका एक सदस्य तथा पूर्व शिक्षक पिताम्बर बन्जाडेका अनुसार अंग्रेजी माध्यममा गुणस्तरीय शिक्षा दिनुका साथै विद्यार्थीको व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलाप एवं आवश्यक सबै किसिमका भौतिक पूर्वाधार विकासका कारण जनता आधारभुत विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको हो ।
उक्त स्कुललाई गत शैक्षिक शत्रदेखी नै ब्यबस्थित गर्ने योजना बनाएको भएपनि यस बर्षदेखी बिद्यालयको शैक्षिक तथा भौतिक सबै क्षेत्रको नयां ब्यबस्थापनको साथ स्कुल संचालन गरिएको बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष शिव प्रसाद पोख्रेलले जानकारी दिनुभयो । 
विद्यालयमा बढ्दै गएको गुणस्तरीयता लगायत कारणबाट आफूहरू विद्यालयप्रति आकर्षित बनेको अभिभावक ठाकुर प्रसाद पोख्रेलले बताउनुभयो । ‘धैरै पैसा तिर्दैमा गुणस्तरीय शिक्षा पाइन्छ भन्ने रहेनछ, विद्यालयले निःशुल्कमा गुणस्तरीय शिक्षा दिन थालेकै कारण हामी यसतर्फ आकर्षित बनेका हौं,’ उहांले भन्नुभयो शिक्षामा गुणस्तर ‘भौतिक पूर्वाधार,मनोरम शान्त वाताबरण लगायत कारणबाट पनि म जस्ता धेरै अभिभावकले अबदेखी यस जनता आधारभुत विद्यालयमा बालबच्चा भर्ना गर्नेछन् ।’उहांले भन्नुभयो । 
उक्त बिद्यालयमा कक्षा १ देखी तल पेले ग्रुप,नर्सरी र एल.के.जी. गरि तिन तहका अतिरिक्त कक्षा थप गरि कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पढाई संचालन गरिएको छ ।