शितगंगा सेवा समाजद्दारा रजियामा शैक्षिक सामाग्री तथा वृद्ध-वृद्धाहरुलाई सम्मान

अर्घाखाँचीडट्कम संवाददाता 
रजिया, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १२ मा अबस्थित गाैरा माध्यमिक विद्यालय रजियामा शैक्षिक सामाग्री तथा  विपन्न व्यक्तिलाई कपडा र वृद्ध-वृद्धाहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।   
देशबिदेश रहेका युबाहरुबाट नबगठित शितगंगा सेवा समाजले आज शितगंगा नगरपालिका वार्ड नम्बर १२ मा अबस्थित गाैरा माध्यमिक विद्यालय रजियामा ६ थान कम्प्युटर १ थान ल्यापटप, १ थान प्राेजेक्टर, १ थान प्रिन्टरमेसिन, केही खेलकुदका सामाग्री हस्तान्तरण गरेको हो । 
यस्तै कार्यक्रममा उत्कृष्ट तथा गरिब जेन्दार विद्यार्थीलाई पुरस्कार विपन्न व्यक्तिलाई केहि कपडा र वृद्ध-वृद्धाहरुलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा शितगंगा नगरपालिका प्रमुख सूर्यप्रसाद अधिकारी लगायतको उपथिती रहेको थियो । 
जलुकेमा शैक्षिक सामाग्री वितरण
  
यस अगाडि बैशाख ९ गते सितगंगा सेवा समाज अर्घाखाँचीको सक्रियतामा बाल आधारभुत बिधालय शितगंगा नगरपालिका जलुकेमा शैक्षिक सामाग्री कम्युटर ,पृन्टर , साथै अति बिपन्न जेहेन्दार र दलित छात्र छात्रा लाई छात्रवृत्ति हस्तान्तरण गरिएको थियो । 
उक्त शैक्षिक सामाग्रीका लागि  सितगंगा सेवा समाजका प्रमुख संयोजक मधु पन्थी, सह संयोजक सन्त पुलामी मगर, आर्थिक संयोजक मिनु पन्थी, भिम खनाल, घनस्याम खनाल, झनक केसी, बिस्नु छेत्री, राजु अधिकारी, सुन्दर आचार्य, कबिराज खनाल, सन्तोश पौडेल लगायतको पहल रहेको थियो ।