(पहिलो प्रकासित मिती:- २०७५ वैशाख ११, मंगलवार)
गोपाल प्रसाद भट्टराई
किमडांडा, अर्घाखांची (अर्घाखाँचीडट्कम) । जिल्ला पशु सेवा कार्यालय अर्घाखाँचीका प्रमुख डा. लोकनाथ पैडेलले कृषकको सफलताको लागि आफू हरदम सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।
जिल्ला पशु सेवा कार्यलयको आयोजनामा सन्धिखर्क ८ किमडाँडा,नेपालीचौरमा आयोजित ३ दिने हे साइलेज प्रदर्शन सम्बन्धी तालिमको आज समापन कार्यकममा बोल्दै उहांले यस्तो बताउनु भएको हो ।
तालिमका सहभागीलाई प्रमाणपत्र बितरण गर्दै डा.पौडेलले सिकेको ज्ञानलाई व्यबहारमा उतार्न आग्रह गर्दै ब्याबसायिक कृषि नै सामाजिक समृद्धिको बलियो आधार भएको बताउनु भयो ।
पशु सेवा प्राबिधिक योगेन्द्र मरासिनिले बिशेष सहजीकरण गर्नुभएको ३ दिने तालिम कृषक पशुपती मरासिनीको अध्यक्षयता, पशु सेवा प्राबिधिक अमित भुसालको स्वागत मन्तब्य र पशु चिकित्सक बिस्णु पौडेलको सन्चालनमा सम्पन्न भएको हो ।
६० जना स्थानीय कृषकहरुको सहभागितामा सम्पन्न भएको तालिममा घाँसको प्रसोधन गरि भण्डारण गर्ने तरिका,पोषिलो घाँस र पशु आहारमा सुधार ल्याई उत्पादन लागत घटाउने तरिका,पशुहरुमा लाग्ने रोग लगाएत कृषिजन्य विभिन्न बिषयमा प्रशिक्षण दिइएको छ ।