प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सरकारले यातायातको सिण्डिकेट पूर्ण रुपमा अन्त्य गर्ने निर्णयको विरोधमा अर्घाखाँची जिल्लाका देउराली र पश्चिम नेपाल यातयातले काउन्टर बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।
उनिहरुले काउन्टर बन्द गरेपनि क्यु फ्री गरेर गाडी चलाई राखेका छन् । यस्तै जिल्लामा लन्का यातायातले भने काउन्टर खुलाएर २४ सै घण्टा सेवा दिन तयार रहेको बताएको छ ।
यातायात व्यवसायीका विभिन्न समिति तथा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर सवारी संचालन गर्दै आएकोमा अब सरकारले त्यसलाई अमान्य गरेको छ ।