अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले अर्घाखाँची जिल्ला अदालतको नवनिर्मित भबन निरिक्षण गरेकी छिन् ।
निरिक्षण गर्ने क्रममा मल्लले फैसला गरेर जित्नु आधा जित्नु हो फैसला कार्यान्वयन गर्नमा तदरुकता देखाउनु पर्दछ जिल्ला अदालत अब पुनराबेदन अदालत जस्तो भएकोले स्थानीय निकायमा रहने न्यायिक समिति लाई पनि सक्रिय बनाउनु पर्दछ। अदालतका कर्मचारी प्रहरी सरकारी वकिल बार न्यायिक निकाय लाई सकृय बनाउनु पर्दछ। अदालत प्रतितिको बिश्वास जगाउनु प्रदछ।अदालत बित्र सेवाग्राही आउदा मीठो शब्द बोल्नु पनी आधा न्याय दिए बराबर हुन्छ ।अदालत लैगिक ,अपांग, महिला,मैन्त्री हुनुपर्दछ।संघ संस्था संग पनि सहकार्य गरेर अगाडि बढनु पर्ने भएको छ। छोराछोरीको लागि बुवाआमा भन्दा नजिक र सम्मानित कोहि हुँदैन। तर अदालत ती बुवाआमा भन्दा पनि माथी हो भन्ने महसुस सेवाग्राहीलाई पार्नु पर्ने बताईन् ।
कार्यक्रममा अर्घाखाँची जिल्ला अदालतका जिल्ला न्यायाधीश रामचन्द्र पौडेलले सम्पादन गरेका काम र गतिविधि बारेमा जानकारी दिएका थिए ।
सो अवसरमा सर्वोच्चकै उप – रजिस्ट्रारद्वय सुरेन्द्र श्रेष्ठ ,इन्दिरा शर्मा ,उच्च अदालत बुटवलका मुख्य न्यायाधीश रमेश पोख्रेल ,रजिस्ट्रार ठगेन्द्र कटेल लगायतको उपस्थिती रहेको थियो ।