सन्धिखर्कको रुब्दी देखि नौलापानीसम्मको सालझण्डी ढोरपाटन सडक कालोपत्रे गर्ने कार्य तिव्र, नमुना बन्दै (फोटो फिचर)

प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कको रुब्दी देखि नौलापानीसम्मको सालझण्डी ढोरपाटन सडक पिच गर्ने कार्य तिव्र चलेको छ । 
अहिले रुब्दी देखि नौलापानीसम्मको सडकमा धमाधम ग्राभीलसँगै कालोपत्रे गर्ने काम भएको हो । सडकका ठेकदार बसन्त भुसाल र कविराम खनालका अनुसार सालझण्डी ढोरपाटन सडक खण्ड अन्तरगत फुदवाङ देखि रुब्दी नौलापानीसम्मको बाटोलाई नमुना बनाईने भएको छ ।
साथै सडक विस्तार तथा कालोपत्रे गर्ने काम छिटो भन्दा छिटो सिद्दाउने गरी काम सुचारु भएको उनिहरुले बताए । 
उता सालझण्डी ढोरपाटन सडक खण्ड अन्र्तगत सदरमुकाम सन्धिखर्कको रुटमा भने लामो समयदेखि विवाद रहँदै आएको छ । चुत्रावेशी सन्धिखर्क बजारको विचबाट सडक लैजाँदा सयौ घरहरुमा क्षति पुग्नुका साथै करौडौको आर्थिक तथा भौतीक विनास व्यहोर्नुपर्ने भन्दै स्थानीय बासिन्तदाले बजार बाहिरबाट सडक लैजान आग्रह गरेका छन् ।