अखिल छैठौं अर्घाखाँचीद्दारा प्याब्शन र एन प्याब्शनका जिल्ला समितिको राजिनामा माग

Image result for अखिल छैठौं अर्घाखाँची
फाइल तस्बिर

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची । अखिल छैठौं अर्घाखाँचीले प्याब्शन र एन प्याब्शनका जिल्ला समितिको राजिनामा माग गरेको छ ।

नेपालको संविधानमा कक्षा ८ सम्म निःशुल्क र अनिवार्य शिक्षा,कक्षा १२ सम्म निःशुल्क शिक्षा पाउने मौलिक हक अनुसार निजि शिक्षण संस्थालाई सरकारीकरण गर्नुपर्ने र त्यसो गर्दा प्याब्शन र एन प्याब्शनको आवस्यकता नपर्ने भन्दै राजिनामाको माग गरेको अखिल छैठौं अर्घाखाँचीले जनाएको छ ।
संविधानले गरेको ब्यबस्थालाई कुल्चदै आफु अनुकुल गर्ने अधिकार सरकार,निजि क्षेत्र वा जो कसैलाई पनि नभएकोले शिक्षामा देखिएको बिभेदकिरणको अन्त्य र शैक्षिक ब्यापारिकरणको अन्त्य गर्न अखिल छैठौंको केन्द्रिय समितिले नै देशैभरका निजि शिक्षण संस्थाका संघ संगठनहरुको खारेजिको माग गरको हुनाले आफुहरु ले सोही अनुसार अर्घाखाँचीका प्याब्शन र एन-प्याब्शन जिल्ला समितिको राजिनामा माग गरेको अखिल छैठौंका जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराईले बताउनुभएको छ ।
निजि शिक्षण संस्थाले विद्यार्थी,अभिभावक तथा सरोकारवाला कसैलाई जानकारी नगराई,सरकारी निकायबाट स्विकृति नलिइ हरेक बर्ष चर्को गर्दै आएको र त्यसमा प्याब्शन र एन प्याब्शनले निर्देशन गरेको,पाठ्यपुस्तक,स्टेश्नरी र ड्रेसमा सिन्डिकेट खडा गरेको र शैक्षिक ब्यापारिकरणलाई बढवा दिंदै आएको आरोप लगाउंदै ५ दिन भित्रमा सम्पूर्ण पदाधिकारीको राजिनामा दिन आग्रह गरिएको खबरमा उल्लेख छ ।