बसन्त खड्का
रिटेखोला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ३ रिटेखोलामा निर्माणाधीन शीतभण्डार जीर्ण बनेको छ ।
विगत २ बर्ष पहिले निमार्ण शुरु गरिएको रिटेखोलाको कोल्ड स्टोर जिर्ण अबस्थामा रहेको हो ।
रकम अभावका कारण शीतभण्डारको निर्माण काम बिचमा रोकिदा र अहिलेसम्म पुरा नहुँदा अन्योल भएको छ । अर्घाखाँचीमा सुन्तला, मौसम, गोलभेडा लगायत बेमौसमी तरकारी, फलफूल भण्डारण गर्ने शीतभण्डारको अभावमा कृषकको उत्पादन कुहिएर फाल्नुपर्ने अवस्था छ ।
जिल्लामा कृषि क्षेत्रको लागि वार्षिक करोडौ बजेट आएपनि सहि ठाउँमा सदुपयोग भने हुन सकेको देखिदैन । जिल्लाका स्थानिय किसानहरुले जीर्ण बनेको शीतभण्डारको निर्माण कार्य छिटो सम्पन्न गर्न सरोकारवालालाई अनुरोध समेत गरेका छन् ।