प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची । १२९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस अर्घाखाँचीले जिल्ला अस्पताल सन्धिखर्कका विरामीलाई फलफुल वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
फलफुल वितरण कार्यक्रममा कांग्रेस जिल्ला सभापती विष्णु प्रसाद खनाल मुस्कान लगायतको उपस्थिती रहेको थियो ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस अवसरमा अर्घाखाँचीका बिभिन्न ठाउँहरुमा मजदुर संगठनले अन्तक्र्रिया, चेतनामूलक र्यालीजस्ता कार्यक्रम आयोजना गरेका थिए ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ । सो आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागि सातजना मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गर्यो ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो ।
नेपालमा समेत मजदुर संगठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरेका छन् । नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन लागेको हो । २०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको छ ।