केरुङाको कमरेका कुल प्रसाद विकका १८ वर्षिय छोरा केशब विकले रुखमा झुण्डिएर आत्महत्या गरेपछि ।
प्रेमनारायण आचार्य
सन्धिखर्क, सन्धिखर्क १८ बैसाख । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ ठुलाबाटामा मंगलबार ३३ वर्षिय छोरा शुरत बहादुर पन्थी झुन्डिएको अवस्थामा मृत फेला परे । मैदान र नरपानीको बिचको काउलिचौर जंगलको रुखमा झुन्डिएको अवस्थामा स्थानियबासीले फेला परेका थिए ।
शुरत केहि दिन अगाडि भारतको नयाँ दिल्लीबाट घर आएका थिए । उनी एक वर्ष नपुग्दै दिल्लीबाट फर्केका थिए । शुरतका श्रीमती र एक ५ वर्षको छोरा छन् ।
आइतबार सन्धिखर्क नगरपालिकाको रहतलेमा २४ वर्षिय दयाराम सेजवाल आफ्नै कोठामा झुण्डिएको अबस्थामा भेटिए । सन्धिखर्क ११ डिभर्नाको अमिले घर भएका दयाराम श्रीमती पोइला गएको थाहा पाएपछि आत्म हत्या गरे ।
दयारामकी श्रीमती सपना अर्कै ड्राइभरसँग एक हप्ता अगाडि पोइला गएकी थिईन् । सपनाले फेसबूकमा अर्कै युवासँग लिएको तस्बिर पोस्ट गरेको देखे पछि पिडा सहन नसकी आत्महत्या गरेको स्थानियबासीले बताए ।
भनिन्छ “मानिसले जिन्दगीमा हरेस खाएर आत्म हत्या गर्छन । ” पछिल्लो समयमा अर्घाखाँचीमा आत्म हत्या गर्नेको सख्यामा ह्वात्तै बृद्धि भएको छ । जिल्लाको अबस्था हेर्दा गएको १५ बर्ष देखि लिएर ६० बर्ष माथीका समेत ले आत्म हत्या गरेका छन । जुन अघिल्लो बर्षको तुलनामा ४३ प्रतिशतले बढि हो ।
जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीको तथ्यांक अनुसार गएको साउन देखि अहिले सम्म ४२ जनाले आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरिक्षक प्रदिप कुमार डिसीले बताए । उनका अनुसार गएको बर्ष अर्थात आर्थिक बर्ष २०७३।७४ मा २८ जनाले आत्म हत्या गरेका थिए । यस बर्षको बिष्लेषण गर्दा आबेशमा आएर १८, गरिबीको कारण ३ , दीर्घ रोगका कारण ३ र अन्य कारणबाट १६ जनाले आत्म हत्या गरेका छन ।
जातीय बिभेद, धनी गरिब को खाडल, समाजिक भेदभाब , जस्ता उत्पीडनले गर्दा आत्म हत्या जस्तो अपराधका घटना हुने भएपनि पछिल्लो समयमा वैदेसिक रोजगारीको कारण आत्म हत्या बढेको सहायक प्रमुख जिल्ला अधिकारी शंकर भुसालले बताए । रोजगारीको लागि परदेस गएका युवा तथा तिनका श्रिमतीहरुले आत्म हत्या गर्नेहरु पनि बढिरहेका छन ।
मानिसहरुमा आउने मानसिक तनाब, डिप्रेसन, नकारात्मक सोच,वातावरणिय तत्व, असफलता, उमेरगत रुपमा हुने शारिरिक बिकास, मानिसले जन्मजात रुपमा लिएर आएको सम्बेग तथा उतेजनाको कारणले पनि आत्म हत्या गर्छन । मानिसले सकारात्मक सोचको सट्टा नकारात्मक सोच लिदा पनि आत्म हत्या गर्ने अबस्था सृजना हुन्छ ।
साढे ९ महिनामा ४२ जनाले आत्म हत्या गरे
आत्म हत्याको समाचार प्रकासन र प्रसारण गर्नु हुदैन भन्ने धेरै मिडीयाहरुको मान्यता छ । जसका कारण आत्म हत्याका घटनाहरु बहिर आउन सकेका छैनन । अर्घाखाँची जस्तो पहाडी जिल्लामा साढे ९ महिनामा ४२ जनाले आत्म हत्या गरेको बिषयलाइ चानचुनको रुपमा लिनु हुदैन । घटना नुनीकरण गर्न र रोक्नको लागि कोहि न कोहि पक्षबाट पहल गर्नु पर्छ । त्यो पहल हुन नसके जिल्लामा आत्म हत्याले बिकराल रुप लिन सक्छ ।
किसोरबास्थामा किसोर किसोरीहरुले राम्रा नराम्रा र उच्छ्रींखल गतिबिधिहरु पनि गरिरहेका हुन्छन । ति गतिबिधिमा मनोबैज्ञानिक बिचलन आउन सक्छन । जसका कारण पनि यो अपराधले प्रसय पाएको इन्सेकका जिल्ला प्रतिनिधि नारायण भुसालले बताए ।
बाच्न पाउने अधिकार सबै मानिसको मौलिक अधिकार हो । जो कोहि मानिसहरु आत्म हत्या गर्नु भन्दा पहिले केहि न केहि संकेत गरेका हुन्छन । ति सकेतलाइ बुझेर घटना रोक्नका लािग परामर्सका कक्षाहरु सञ्चालन गर्नु उपयुक्त हुन्छ । बिद्यालय स्तरमा मात्र नभइ बिभिन्न संघ सस्था , क्लब आमा समुह, महिला समुह हरुमा परामर्सका कक्षा सञ्चालन गरे आत्म हत्याका घटनालाइ केहि हद सम्म रोक्न सकिन्छ । त्यसैले यो पक्षमा पनि सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।