बाबु रोका मगर
मोदी नेपाल आउने बिषयमा मेरो कुनै विरोध र आपत्ति छैन एक अर्काको देशका मन्त्रीहरू एक अर्को देशमा आउन जान मिल्छ त्यो त्यति ठूलो आपत्ति होइन तर देशको सार्वभौमता लाई खोक्रो बनाउनु आपत्ति को बिषय छ । हुनसक्छ ओलि सरकार ले मोदि सरकारलाइ दुवै देशको मैत्रीपुर्ण सम्बन्धलाई झन बढी गाढा बनाउनको निमित्त निम्तो गरेका होलान ? या साँच्चै नै प्रदेश नम्बर दुइको जनकपुर धामको तालाचाबि हस्तान्तरण गर्न निम्तो गरेका हुन यो त पाहुन घरमा आएपछी नै थाहा हुने कुरा भयो ।
अर्को बिषय मोदि सरकार नेपाल आउदा एमाले बाहेक अन्य पार्टिहरुलाइ आपत्ति छ आपत्ति हुनुपनि त्यसको कुनै कारण पक्कै छ । त्यसैमाथी मोदि आउने दिन बैशाख २८ गते सार्वजनिक विदाको कुराले जनतालाइ आक्रोशित बनाएको छ । ओलि सरकार लाई प्रश्न यो छ कि तपाईं दिल्ली आउदा नेपाली राजदुतावास को अगाडिको बाराखम्बा रोड पनि पाँच मिनेट बन्द हुन सक्दैन तर मोदि आउदा उक्त दिन नेपाल अधिराज्यभर सार्वजनिक विदा यो कस्का लागि र किन ?
हज्जारौं सुरक्षा ब्यबस्थाको साथमा पचास हजारौं जनमानसको उपस्थितिमा मोदिलाइ निम्त्याउने स्वागत गर्ने कुराले म अचम्मित छु त्यति मात्रै होइन सार्वजनिक विदा पनि रे? अब मोदि नेपाल कहिले आउने मिति पक्का गरेर पात्रोमा नै मोदि नेपाल आउने दिन सार्वजनिक विदा भनेर राखिदिदा राम्रो हुन्थ्यो कि ?
मोदीको इच्छाशक्तिलाई पूरा गर्न नै प्रधानमन्त्री केपी शर्मा ओलीले यो कदम चालेको हुनुपर्छ । ओलि भारत आउदा ओलीको स्वागत र सहयोगका लागि मोदीले कुनै पनि कसर बाँकी राखेनन् । त्यसैले पनि मोदीका लागि ओली पूर्णनतमस्तक छन् । अहिले सामाजिक संजालहरुमा मोदीका विरुद्धमा लहर चलिरहेको छ । मोदीले लगाएको नाकाबन्दी र संविधान जारी भएपछि गरेको असहयोगलाई नेपालीले भुल्न सकेका छैनन् । त्यसको उपज पनि होला ।
मोदिले नेपालमा नाकाबन्दी लगाउदा वर्तमान प्रधानमन्त्री के पि ओलि ले बिरोध जनाएर जनताहरुले उनको समर्थन गर्दै देशप्रेमी राष्ट्रवादी को बिल्ला भिराइदिएका थिए । अहिले के परिवर्तन भयो मुलुकमा जसले गर्दा मोदीलाई सुरक्षा दिन सरकार तत्पर भयो ? सायद अहिले ओलि नै मन्त्री भएपछी यस्तो परिवर्तन भएको हुनुपर्छ साँच्चैको राष्ट्रवाद भनौं या खोक्रो राष्ट्रवाद ?
लेखक:- नेपाल पत्रकार महासंघ भारत साखाका केन्द्रिय संस्थापक सदस्य तथा नेपाली देशभक्त आवाजका संस्थापक प्रतिनिधि हुन ।