प्रेमनारायण आचार्य
पाणिनी, अर्घाखाँची, २३ वैशाख । अर्घाखाँचीको पाणिनि गाँउपालिकामा पर्ने पाणिनी तपोभूमिको प्रचारप्रसारमा लाग्ने प्रदेश ५ का पर्यटन मन्त्री लिला गिरी सहित सांसदहरुले प्रतिबद्धता ब्यक्त गरेका छन ।
तपोभुमिमा शुरु भएको भविष्य महापुराणको दोस्रो दिन आइतबार पाणिनि दहमा निर्माण गरिएको शिब भगवानको मुर्ती अनाबरण कार्यक्रमलाइ सम्बोधन गर्दै सांसदहरुले आझेलमा परेको तपोभुमिको प्रचारप्रसारमा एक जुट भएर अगाडी बढ्ने बताएका हुन ।
हजारौ बर्ष पहिले पाकीस्तानको लाहोरवाट तपस्या गर्दै अर्घाखााचीको खिदमिमा आएका पाणिनी रिषीले पणेनाको लेखमा तपस्या गरेर संस्कृत ब्याकरणको रचना गरेका थिए । पाणिनि तपोभूमि क्षेत्र बिश्व भासा सम्पदाको प्रमुख स्थल हो ।
बिश्वकै प्राचीन भाषा उत्पति भएको क्षेत्र भएपनि यो क्षेत्र ब्यापक प्रचार प्रसार नहुदा ओझेलमा परेको यस क्षेत्रको प्रचार प्रसारको लागि प्रदेस सरकारले गुरु योजना बनाउने र प्रदेसकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल बनाउन पहल गर्ने प्रदेस सरकारका पर्यटन मन्त्री लिला गिरीले बताए । उनले प्रदेस सरकार स्थानीय सरकार र बिश्व भासा संग सम्बन्धित सबै लाग्नु पर्ने बताए । तराइबाट एक घण्टामा आउन सकिने चीसो मौषमको यो लेकको प्रचारप्रसार गर्न सके भारतबाट बर्षेनी लाखौ पर्यटक भित्रयाउन सकिने बताए ।
माल भएर पनि चाल पाउन नसकेकाले यो स्थलको प्रचार प्रसार गर्न आफु लाग्ने प्रदेस सांसद रामजी प्रसाद घिमिरेले बताए । पाँच नम्वर प्रदेसको मुख्य धार्मिक तथा पर्यटकीय स्थल बनाउन आफुले पहल गर्ने बताएका छन ।
कार्यक्रममा प्रदेस सांसदहरु दधिराम न्यौपाने, जाल्पा भुसाल, निर्मला क्षेत्री, पुर्ब सांसदहरु नेत्र पन्थी, नजिर मिया, यादव वहादुर रायमाझि, सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल (मुस्कान), पाणिनि गाँउपालिकाका अध्यक्ष अच्युत गौतम लगायतले मन्तब्य राख्दै पाणिनिको तपोभुमि पणेनाको बिकासमा एकजुट भएर लाग्नु पर्ने बताए ।
मुर्ती अनावरण कार्यक्रम रुद्र प्रसाद पोख्रेलको अध्यक्षता, धनीराम पोख्रेलको स्वागत र मधुकृष्ण पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।