प्रेमनारायण आचार्य
पोखराथोक, अर्घाखाँची २४ बैसाख । ब्लड क्यानसरको उपचारमा आर्थिक अभाव भएकी अर्घाखाँचीको पाणिनि गाँउपालिका वाड नम्वर २ पोखराथोककी रोमा सुनारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
उपचारमा सहयोग होस भनेर रोजगारीको सिलसिलामा कतारमा रहेका छत्रदेव गाँउपालिका ४ का हरिबहादुर बिकको सक्रियतामा कतारमा काम गर्ने नेपालीहरुबाट संकलन गरेर पठाएको ५५ हजार पाँच सय ११ रुपैया प्रदान गरिएको हो ।
हरिबहादुरका बुबा खुमबहादुर बिकले बिरामी रोमाका भाइ विनोद सुनारलाइ नगद ५५ हजार पाँच सय ११ रुपैया हस्तान्तरण गर्नु भयो । दलित र गरिब परिबारकी १३ बर्षिय रोमाको पाँच महिना देखि भरतपुर क्यानसर अस्पतालमा उपचार भैरहेको छ ।
उपचारको लागि धेरै पैसो चाहिने तर आर्थिक अभावले उपचारमा समस्या उत्पन्न भएको उनका भाइ विनोदले बताए । उनले भने सबैले सहयोग गरेमा दिदिलाइ बचाउन सकिन्थ्यो ।