सन्धिखर्कमा सूचनाको अधिकार सम्बन्धि छलफल तथा अन्तर्कृया कार्यक्रम सम्पन्न (तस्बिर सहित)

प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँची । सूचनाको अधिकार सम्बन्धि छलफल तथा अन्तर्कृया कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ।
कार्यक्रमको जिल्ला अदालत अर्घाखाँचीका जिल्ला न्यायाधीश रामचन्द्र पौडेलले ब्यानर बाचन गरेर उदघाटन गरेका थिए ।  
कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय अर्घाखाँचीका बरिस्ठ पशु बिकास अधिकृत डा . लोकनाथ पौडेलले सिअाईजी अर्घाखाँचीले एकबर्ष भित्रमा गरेको कामको उच्च मुल्यांकन गरेका थिए । 
अध्यक्ष तथा सूचना अभियन्ता मुक्तिनाथ भुसालले सूचनाको अधिकार सम्बन्धि जानकारी दिएका थिए । कार्यक्रममा समाज सेबी पत्रकार सहयोगी बीसी लगायतलाई सम्मान गरिएको थियो ।   
सूचनाको अधिकार सम्बन्धि छलफल तथा अन्तर्कृया कार्यक्रममा सिअाईजी अर्घाखाँचीकी राधा नेपालीले कार्यक्रम संचालन गरेकी थिईन् ।