केन्याको उत्तर पश्चिम सोलाई सहरनजिक रहेको पतेलबाँध भत्कँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।
बुधबार रातभर आएको भीषण वर्षापछि सो बाँधमा ठूलो क्षति पुगेको थियो ।
केही मानिस अझैपनि हराइरहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । केन्याको रेडक्रसले ४० भन्दा बढी स्थानीयको उद्धार गरेको जनाएको छ ।
बाँध भत्कँदा त्यस आसपासका दुई हजारभन्दा बढी स्थानीय घरबारविहीन भएका छन् ।
स्थानीय अधिकारीहरुले बाँधमा पुगेको क्षतिको पूर्णविवरण अझै स्पस्ट नभएको जनाएका छन् ।
केन्यामा गत मार्चयता आएको भीषण वर्षाका कारण १५२ जनाभन्दा बढीको मृत्यु भएको छ भने २ लाख २० हजारभन्दा बढी व्यक्तिको घर भत्किएको छ । (एजेन्सी)