सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा खुलेको बजाज स्वरुमबाट दैनिक ५ देखि ८ वटा पल्सर मोटरसाइकल कारोवार हुने गरेको छ ।
सदरमुकाम सन्धिखर्कमा बस्याल ब्रोदर्स अटो लिक प्रालि सन्धिखर्कले बजाज कम्पनीको स्वरुम बैसाख १ गतेबाट सुरु गरेको सो सरुमबाट अर्घाखाँची गुल्मी प्युठान लगायत छिमेकी जिल्लाबाट समेत मोटरसाइकल खरिद गर्न अाउने गरेको अटोलिकका सन्चालक युवा निराजन बस्यालले जानकारी दिनुभयो ।
बजाज कम्पनीको गादी भरपर्दो बिश्वासिलो भएको कारण पनि सन्चालन भएको एक महिना नहुदै दर्जनौं मोटरसाइकल बिक्रि गर्न बस्याल ब्रोदर्स अटोलिक सफल भएको स्थानिय युवा भानु पराजुलीको भनाइ छ ।
अौपचारिक उदघाटन नगरि सुरु भएको सरुममा ग्राकहरुको भिडभाड देखिन्छ । कम्पनी सन्चालकहरुलाई फुर्सद नहुने गरि गाडीहरु बिक्री बितरण भईरहेको छ ।
गाडी बिक्रीवितरण सुभारम्भ भएदेखि नै बढि युवाहरु पल्सर मोटरसाइकल प्रति अाक्रसित देखिएको अटो लिक प्रालिका चेयर मेन नारायण बस्यालले जानकारी दिनु भयो । सामाजिक क्षेत्रमा काम गर्दै अाउनु भएका समाजसेवी कुसल ब्यापारी नारायण बस्यालले जिल्लामा स्वरुम सुचारु गरेपछि बजाज कम्पनीको सबै सेबा सन्धिखर्कबाट सुरु गरिएको हो ।
यस अघि बजाज कम्पनीका मोटरसाइकल किन्नका लागि बुटवल तथा पाल्पा गुल्मी जानु पर्ने बाध्यता रहेको थियोे । बजाज स्वरुमबाट यो महिना मात्रै दर्जनौं बिभिन्न बजाज कम्पनीका मोटरसाइकल राम्रो बिक्रीवितरण भएको र अाफुहरुले सोचेभन्दा बढि कारोबार भएको र अाफुहरु पुर्ण रुपमा सन्तुष्ट रहेको अटो लिक प्रालिका प्रबन्ध निर्देशक निरान्जन बस्यालले जानकारी दिनु भयो ।
स्वरुमबाट बिभिन्न खालका पल्सर बाईक तथा अन्य बाईकहरु कम्पनीको मुल्यमा सन्धिखर्कबाट उपलब्ध गराउने भएपछि अर्घाखाँचीका युवाहरु हर्सित भएका छन । अब सर्भिसिङ गर्न पनि जिल्ला बाहिर जान नपर्ने भए पछि पनि यहाँका युवाहरु हर्सित भएका हुन बस्याल अटो लिक प्रालिले बिभिन्न कम्पनिका मोटरसाइकलहरु एक्चेन्ज गर्नुको साथि सर्भिसिङ गर्न सुरु गरेको छ ।
पुरानो मोटरसाइकल ल्याउनुहो नयाँ चढेर जानुस भने जस्तै अहिले कम्पनीमा भिडभाड हुने गरेको छ । बस्याल अटोलिकले अहिले बिभिन्न खालका अफरहरु दिने गरेको छ । बजाज कम्पनीका सबै खाले गाडीहरु बिक्रि बितरण गरेको बस्यालले अझै नमुना ब्यबस्थित गाडीहरु सर्भिसिङ गर्ने ठाउँ निर्माण गर्दैछ ।