विरामी ६ बर्षिय बालक विशेष बेल्बासे ।
प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान-१ ढाकावाङ्गका बालकको उपचारका लागि सहयोग गरिदिन परिवारले सबैमा आग्रह गरेका छन् ।
ढाकावाङ्गका खिमराज बेल्बासेका सिकिस्त विरामी ६ बर्षिय छोरा विशेष बेल्बासेको उपचारको लागि सहयोग गरिदिन परिवारले सबैमा आग्रह गरेका हुन् ।
बालक विशेष जन्मिदा राम्रोसँग जन्मिएका पनि केहि महिना पश्चात मुखमा कालो पोतो जस्तै देखा परि त्यसबाट बिस्तारै खटिरा निस्किएर अहिले मुखमा खटिरा र आँखाबाट किरा निस्किने रोगबाट पिडित छन् ।
बालकको हाल भरतपुर क्यान्सर अस्पतालमा उपचार भईरहेको छ ।अस्पतालले अप्रेशन गर्न ८० हजार सम्म खर्च लाग्ने बताएको छ । उक्त रकम जुटाउन परिवारलाई समस्या परेको छ ।
उता केहि महिना अघि पिडितका बुबाको किड्नी खराब भएको र झन्डै २२ लाख खर्च गरि उपचार सफल भएको थियो । फेरि केहि अन्तरालपछि छोराको नराम्रोसँग विरामी भएकोले परिवार चिन्तित रहेका छन् । कसैले सहयोग गर्न चाहेमा आमा बिमला बेल्बासे फोन ९८४७९२६७३६ र ९८४३८४७६३६ मा संपर्क गर्न सकिने छ ।
साथै काठमाडौबाट अर्घाखाँचीका सचिन पाण्डेले बालकको उपचारका लागि १५ सय सहयोग गरेका छन् ।