३७ औं टंक स्मृति दिवस सन्धिखर्कमा सम्पन्न, टंक भुसाललाई राष्ट्रिय सहिद घोषणा गर्न माग (तस्बिर सहित)

गोपाल प्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको पहिलो शिक्षक सहिद टंक भुसाललाई  राष्ट्रिय सहिद घोषणा गर्न सरोकारवालाहरुले सरकार संग  माग गरेका छन् ।
३७ औं टंक स्मृति दिवसको अवसरमा अखिल नेपाल शिक्षक संघले आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले भुसाललाई राष्ट्रिय सहिद घोषणा गरि उहाँको परिवारलाई उचित सम्मान गर्नुपर्ने बताउनुभएको छ ।
अखिल नेपाल शिक्षक संघ केन्द्रिय सल्लाहकार हरी प्रसाद भुसालले सहिदलाई हेर्ने दृष्टिकोण साघुरो भएका कारण समाज रुपान्तरणको अगुवा सहिद टंक को सम्मान हुन नसक्नु दुस्खद भएको बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष झबिलाल थापाले विश्वमा भएको हरेक परिवर्तन सहिदहरुकै योगदानले सम्भव भएको बताउँदै सहिद टंकको सम्मानमा सरकारले परिवारलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेकपा मसालका जिल्ला प्रवक्ता थम्मन के.सी.ले मुलुकमा गणतान्त्रिक संविधान कार्यान्वयन भइसक्दा समेत सहिद भुसालको सम्मानमा राज्य निरिह बनेकोमा आक्रोश व्यक्त गर्दै अर्घाखाँचीबाट निर्बा्चित संघ र प्रदेशका साम्सदहरुको ध्यानाकर्षण गराउनुभएको छ ।सहिद परिवारको तर्फबाट स्रोत ब्याक्ती युवराज भुसालले सहिद टंकले राजनीतिक,सामाजिक र शैक्षिक विकासमा पुर्याएको योगदानको उचित मुल्यांकन नभएकोमा आफुहरु दुखी भएको बताउनुभयो ।
अखिल नेपाल शिक्षक संघका पुर्व जिल्ला अध्यक्ष कमल प्रसाद घिमिरेले राज्यको नजरमा सच्चा सहिद ओझेलमा परेको भन्दै सहिद परिवारलाई सरकारले दिदै आएको १० लाख रुपैयाँ टंकको परिवारलाई तत्काल उपलब्ध गराउन माग गर्नुभएको छ ।पत्रकार महासंघका अध्यक्ष हिम लेकालीले सहिद टंकको परिवारलाई राज्यको नजर नपुगेमा जनताले भएपनि सहयोग गर्नुपर्ने बताउनुभयो ।
शिक्षक संघका जिल्ला उपाध्यक्ष कृष्ण बन्जाडेको अध्यक्षता र सचीव दल बहादुर के.सी.को सन्चालनमा सम्पन्न कार्यक्रममा सहिद टंककी श्रीमती सरस्वता भुसाललाई आर्थिक सहयोग समेत गरिएको  छ ।