पाणिनी अडगुरीको जनसेवा माध्यमिक बिधालयमा २८ औ बार्षिकोत्सब समारोह सम्पन्न

माधव वेल्वासे
पाणिनी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । पाणिनी गाउँ पालिका वडा न ७ अडगुरीको २८ औ बार्षिकोत्सब समारोह आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ। 
बिधालयका प्रधानाध्यापक प्रेमनारायण बेल्वासेको सभापतित्वमा र ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद बेल्वासेको प्रमुख आतिथ्यतामा संचालित  कार्यक्रममा ८३ बर्शिय नुर बहादुर टन्डनले आफ्नो चौरासीमा लाग्ने खर्च नगद ७० हजार बिधालयलाइ प्रदान गर्नुभएको छ । उक्त रकम बिधालयको आवश्यक काममा लगाउन अनुरोध गर्दै आफ्नो  पुन्य गर्ने ठाउँ बिधालय नै देखेको बताउनु भएको छ । 
कार्यक्रममा पुर्व बिधालय ब्यावस्थापन समितिका अध्यक्षहरु चुरामणी पौडेल तेज नारायण बेल्बासे ,नबिन कुमार टन्डन  ,शेशराज पौडेल र  लिलाधर पौडेल लगायत बिशिस्ट अतिथी रहनु भएको थियो । पाणिनी ७ का वडा सदस्य नबिन कुमार टन्डन भगवती आधारभुत बिधालयका प्र अ शालिकराम बेल्बासे शिक्षक जित बहादुर थापा लगायत अतिथि रहेको कार्यक्रममा बार्शिकोत्सवको अबसरमा आयोजना गरिएका विभिन्न प्रतियोगिताका उत्कृष्ट विद्यार्थी तथा शैक्षिक सत्र २०७४ को बार्षिक परिक्षामा सर्बोत्कृट छात्र छात्रा हरुलाइ किरण कला स्मृति अक्षय कोष र हेमराज अक्षय कोष बाट संयुक्त रुपमा कोशका संचालक द्द्य तेजनारायण बेल्बासे र हेमराज घिमिरेले पुरस्कार प्रदान गर्नुभएको थियोे । यस्तै गत बर्शको प्रवेशिका परिक्षामा उत्कृष्ट १ जना छात्र र एक जना छात्रा लाइ हिमकला अक्षयकोषका संचालक प्रेमनारायण बेल्बासेले नगद १/१ हजार प्रदान गर्नुभएको थियो । 
शिक्षक केशव शुर्यवम्सिले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन शिक्षक माधव बेल्वासेले गर्नुभएको थियो । 
तस्वीर माधव वेल्वासे/अडगुरी