फाइल तस्बिर
गोपाल प्रसाद भट्टराई
अर्घाखाँची । यही जेठ १२ र १३ गते हुने चौथो जिल्ला सम्मेलनको तयारीमा जुटेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले जिल्लाका ६ वटै पालिकामा साङगठनिक गतिविधिलाई तीब्र पारेको छ ।
जिल्लाभरका पालिका वार्डहरुमा भेला,प्रशिक्षण,संगठन निर्माण,सदस्यता नविकरण लगायतका कामहरुलाई अगाडि बढाएको रा.ज.मो.जिल्ला अध्यक्ष झविलाल थापाले जानकारी दिनुभएको छ । जस अन्तरगत भुमिकास्थान ३र ४ धारापानीको संयुक्त भेला नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
राजमो जिल्ला अध्यक्ष झविलाल थापा,नेता सागर के.सी.,बाबुराम सुनारको प्रशिक्षण र सहजीकरणमा सम्पन्न भेलाले वार्ड नम्बर ३ मा दण्ड प्रसाद भुसालको अध्यक्षतामा ९ सदस्यीय समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा कमला थापा,सचिव रुमलाल पौडेल र कोषाध्यक्षमा कृष्ण बन्जाडे चयन हुनुभएको छ ।यस्तै वार्ड नम्बर ४मा कृष्ण सुनारको अध्यक्षतामा ९ सदस्यीय समितिको गठन गरेको छ ।जसको सचिव झविन्द्र चुदाली र कोषाध्यक्षमा कमला खत्री चयन हुनुभएको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।
यसैबिच राष्ट्रिय जनमोर्चा पाणिनि गाउंपालिकाको अध्यक्षमा पिताम्बर घिमिरे चयन हुनुभएको छ ।राष्ट्रिय जनमोर्चा पाणिनिको आज सम्पन्न भेलाले घिमिरेको नेतृत्वमा ११ सदस्यिय पालिका स्तरिय समितिको गठन गरेको हो । नव गठित समितिको उपाध्यक्षमा धन बहादुर जि.एम.,सचिव निमिराज भट्टराई,सह–सचिव जे.वि.जि.एम.,र कोषाध्यक्षमा श्रीधरा रावल चयन हुनुभएको छ ।
राजमो नेता देवी प्रसाद भुसालको अध्यक्षता,पाणिनि इन्चार्ज गोविन्द वि.सी.को सहजीकरण र मेघराज भट्टराईको संचालनमा सम्पन्न भेलाले देवी भुसालको संयोजकत्वमा पांच पांच सदस्यिय सल्लाहकार समिति र छांया सरकारको समेत गठन गरिएको त्यहांबाट बल बहादुर सारुले जानकारी दिनुभएको छ ।