धारापानी फलामखिल्लीका मृगौला पीडित सारुलाई आयरल्यान्ड नेपाली एकता समाजद्दारा आर्थिक सहयोग प्रदान


गोपाल प्रसाद भट्टराई
फलाम खिल्ली, अर्घाखाँची । दुवै मृगौला फेल भइ अस्पतालको शैयामा संघर्ष गरिरहनु भएका धारापानी फलामखिल्लीका नर बहादुर सारुलाई आयरल्यान्ड नेपाली एकता समाजले आर्थिक सहयोग प्रदान गरेको छ ।
भुमिकास्थान ४ धारापानी फलामखिल्लीका मृगौला पीडित सारुको जीवन बचाउन नेपाली एकता समाजको पहलमा आयरल्यान्डमा संकलन गरिएको १ लाख १७ हजार ,१ सय २ रुपैयाँ सहयोग प्रदान गरिएको हो ।
उक्त सहयोग रकम राष्ट्रिय जनमोर्चा भुमिकास्थान ३ र ४धारापानीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको अवसरमा मृगौला पीडित सारु र उहाँको परिवारलाई राष्ट्रिय जनमोर्चाका नेता झविलाल थापा र सागर के.सी.ले हस्तान्तरण गर्नुभएको पत्रकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।