अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा २५औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा सूचना प्रबिधिको बिकास र मर्यादित समाज निर्माणमा हाम्रो भुमिका बिषय अन्तरक्रिया सम्पन्न भएको छ ।
कार्यक्रममा अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, अधिबक्ता जगन्नाथ भुसाल, टंक प्रसाद पोखरेल ,पबित्रा भट्टराई ,सुनिता थापा ,कमला बन्जाडे , नेपाल कम्युनिस्ट पार्टी ५ नं. प्रदेश सदस्य पबित्रा पौडेल, नेपाल कम्युनिस्ट पार्टी ५ नं. प्रदेश सदस्य यमुना भुसाल, सामाजिक अभियन्ता बिजुला रायमाझी लगायतले आफ्नो विचार राखेका थिए ।