– मुक्तिनाथ भुसाल
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिका अर्घाखाँचीमा आरटीआईको प्रयोगमार्फत एक समाचार प्रकाशन भएको ढेड महिनापश्चात् नगरपालिका उपप्रमुखको ‘आत्मा’ रोए पनि सरोकारवाला नागरिकले सकारात्मक प्रतिक्रिया दिएका छन् । घटना र विचार साप्ताहिकको वर्ष २३ अङ्क ३८ मा ‘भ्रष्ट नगरपालिकालाई कारबाही गर्ने कसले ?’ शीर्षकको समाचारले सर्वत्र चासो र चर्चा पाएपछि यतिबेला उपप्रमुख ठाकुरकुमार विक उर्फ किशोर आफ्ना थप करतुत सार्वजनिक हुने त्रासले गत साता शुक्रबार छटपटिएको उनीनिकट स्रोतले जनाएको छ ।
सदरमुकाममा आयोजित एक कार्यक्रममा मन्तव्य राख्दै उपमेयर विकले ‘सूचनाको हकको नाममा एनजीओ दर्ता गरी खुलेआम धम्क्याएर बार्गेनिङ गर्नुको अलावा कथित मिडियाको प्रयोग गरी जिल्लाको विकास र ‘सन्धिखर्क नगरपालिकालाई गलत तत्वले बदनाम गराएको’ जस्ता अमर्यादित अभिव्यक्तिले पदीय गरिमा तथा जिम्मेवारीको बोध रत्तिभर नभएको परिचय दिएका छन् । नेकपा माओवादी केन्द्र अर्घाखाँचीका संयोजकसमेत रहेका उपमेयर विकले समाचार प्रकाशन र सिआईजी अभियानमा कहाँनेर ‘बार्गेनिङ’ भेटे अनि हालसम्म तथ्यसहित सार्वजनिक गर्न किन सकेनन्, आश्चर्य र खेदकै विषय हो ।
नागरिकलाई बोल्ने र लेख्ने हक भएर मात्र पुग्दैन, राज्यको प्रत्येक निर्णय र त्यस्तो निर्णय कार्यान्वयन गर्ने प्रक्रियामा प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न उनीहरूलाई सूचनाको अधिकार हुनुपर्छ भन्ने धारणाबाट विगत तीन वर्षदेखि जिल्लामा अनेकौँ आरोह–अवरोहको सामनासहित अभियान सञ्चालन गरिएको छ । अभियानको क्रममा स्वतफूर्त प्राप्त भएका सहयोगी हातलाई उच्च सम्मानका साथ संस्थाको आयव्यय तथा गतिविधिहरू महत्वपूर्ण कार्यक्रमहरूको अलावा दुईवटा पुस्तकमार्फत सार्वजनिक गरेको उनलाई जानकारी नहुनु पङ्क्तिकारको जिम्मेवारीको विषय रहेन ।
मुस्कुराएर, धम्क्याएर, थर्काएर या कुटपिट गर्न लगाएरै भए पनि ‘मान र दौलत’ गुपचुप आर्जन गर्नुपर्छ भन्ने धारणाबाट प्रेरित देखिएका उपमेयर विकको यसअघिका इतिहास सम्झनयोग्य मानिँदैन । क्याम्पसको पक्षमा आफूनिकटहरूलाई सार्वजनिक जमिनमा फसाएर बिचल्ली बनाएपछि पीडितहरूको विरोधले तीन वर्षपछि साँवा मात्रै फिर्ता प्राप्त भएको सम्बन्धित व्यक्तिले बिर्सेका छैनन् । यिनकै लहैलहैमा एफएममा शेयर हालेकाहरूलाई शेयरको प्रमाणपत्रसमेत नदिई एफएम अन्यत्रै बिक्री गर्नेजस्ता प्रतिनिधिजन्य घटना स्मरण गर्ने हो भने थप निकै कुरा खोतलिन सक्छन् ।
यसैगरी, निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत चेतनामूलक कार्यक्रम सञ्चालनका लागि ०७३ जेठ २४ गते तीन लाख रकम कुम्ल्याएका उपमेयर विश्वकर्मा मानव संसाधन विकास तथा वातावरण संरक्षण मञ्च नामक एनजीओ स्थापना गरी अध्यक्षको जिम्मेवारी सम्हालेका व्यक्ति हुन् । केही महिनाअघि सम्पन्न दोस्रो अर्घाखाँची महोत्सवको चाँजोपाँजो मिलाई रातारात अध्यक्षबाट हटेका उनी नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीको साधारण सदस्यमा भने यथावत् रहेको बुझिन्छ । जनयुद्धको समयमा केही दिन पार्टीको अनुशासनसम्बन्धी विवादमा तानिए पनि मुलुक शान्तिप्रक्रियामा आउनासाथ सदरमुकाममा घर बनाउने हैसियत राख्ने जिल्लाकै पहिलो माओवादी नेताभित्र उनी पर्छन् । भोलि के हुन्छ आजै आँकलन गर्ने ‘क्षमतावान’ नेता विकले सदरमुकामको भविष्य पनि राम्रो नदेखेपछि स्थानीय चुनावअघि नै घर बिक्री गरी हाल भाडामा बसोबास गरेर गरिव नेताको छवि देखाउने प्रयत्नमा लागेका छन् ।
एनजीओको अलवा कुनै पेसा र व्यवसाय नहुँदासमेत छोराछोरीलाई बोर्डिङमा अध्ययन गराउँदै आएका उनी चौतर्फी आलोचनापछि यसपालि सामुदायिक विद्यालयमा पठाउन बाध्य बनेका हुन् । नेका–माके गठबन्धनको लाभ उठाएर बलमा उपमेयर बनेलगत्तै छोराकोे जन्मदिनका अवसरमा बजारवासीहरूलाई त्रसित गराउने गरी शक्तिशाली बमपटका पड्काएर आतङ्कित तुल्याउँदा कस्तो व्यक्तिलाई उपमेयर बनाइएछ भन्ने टीकाटिप्पणी गरिए पनि त्यस्तो असामाजिक एवम् भड्किलो कार्यको खुलेर विरोध प्रकट गर्ने कोही भएनन् । उपमेयर बन्नासाथ १८ हजार पाँच सय मूल्यको कुर्सी खरिद गराएर विराजमान बन्न पुगेका विकले ८५ हजारको ल्यापटप र २५ हजारको मोबाइल शुरुमै नगरपालिकालाई खर्च गराई लिएका थिए ।
मुस्कुराएर, धम्क्याएर, थर्काएर या कुटपिट गर्न लगाएरै भए पनि ‘मान र दौलत’ गुपचुप आर्जन गर्नुपर्छ भन्ने धारणाबाट प्रेरित देखिएका उपमेयर विकको यसअघिका इतिहास सम्झनयोग्य मानिँदैन । क्याम्पसको पक्षमा आफूनिकटहरूलाई सार्वजनिक जमिनमा फसाएर बिचल्ली बनाएपछि पीडितहरूको विरोधले तीन वर्षपछि साँवा मात्रै फिर्ता प्राप्त भएको सम्बन्धित व्यक्तिले बिर्सेका छैनन् । यिनकै लहैलहैमा एफएममा शेयर हालेकाहरूलाई शेयरको प्रमाणपत्रसमेत नदिई एफएम अन्यत्रै बिक्री गर्नेजस्ता प्रतिनिधिजन्य घटना स्मरण गर्ने हो भने थप निकै कुरा खोतलिन सक्छन् ।
निर्वाचित जनप्रतिनिधिलाई पारिश्रमिक दिने वा नदिने वा कति दिने भन्ने विषयमा नीति–नियम बन्ने क्रमले गति लिँदै गर्दा उपमेयर ठाकुरकुमार विकले ०७४ साउनदेखि पुस मसान्तसम्म मासिक ३५ हजारका दरले ६ महिनाको २ लाख दश हजार रुपैयाँ उनको खाता नं. ३०५००२६९५२१० मा नगरपालिकाबाट भुक्तान भएको छ । स्थानीय चुनावपूर्व राजनैतिक भागबन्डाका आधारमा नगरपालिकामा काम गर्दै आएका तर स्वीकृत दरबन्दीमा नभएकाहरूलाई यस वर्षका लागि दैनिक ज्यालादारीमा निरन्तरता दिने प्रथम नगरसभाको निर्णय नं. १४ मा उल्लेख छ । विडम्बना, आफ्नो शरीरको भैंसी नदेख्ने तर अर्काको जिउको जुम्रा देख्ने आदत पालेका ‘तलवी उपमेयर’ विककी श्रीमतीलाई पनि सहायक कम्प्युटर अपरेटरको पदमार्फत मासिक २२, हजार एक सय सत्तरी भुक्तानी हुने गरेको छ । स्मरण रहोस्, उक्त नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालले हालसम्म चारआना पनि पारिश्रमिक लिएका छैनन् ।
यो पनि हेर्नुस्:-