विरामी ६ बर्षिय बालक विशेष बेल्बासे ।
दीपक भुसाल
काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान-१ ढाकावाङ्गका बालकको उपचारका लागि विशेष बेल्बासे बचाउ अभियान चलाइएको छ ।
छत्रदेव गाउँपालीका वार्ड नम्बर ८ का युवा सचिन पाण्डेले पिडित बिरामी बालक विशेष बेल्बासेको उपचारका लागि भन्दै “विशेष बेल्बासे बचाउ अभियान” चलाएका हुन् ।
हाल काठमाडौमा बस्दै आएका युबा सचिन पाण्डेले “विशेष बेल्बासे बचाउ अभियान” को लागि अहिले सम्म सहयोग रकम ६० हजार रुपैया जम्मा गरिसकेका छन् । छत्रदेवकै सामाज सेवी शिवदेव पाण्डेबाटै सुरुमा १५५५ सहयोग लिएर सुरु गरेकाे यस अभियानमा सहयोग आउने क्रम र फोन मार्फत बच्चाको बारेमा बुझने को लहर नै चलेको छ । यसैक्रममा अर्घाखाँची कै एकै समाज सेवी ब्यक्तिले ५० हजार सहयोग गरेका थिए ।
कलाकार जलजला बचाउ अभियानमा पनि सक्दो सहयोग गरेका सचिन क्लिन काष्ठमण्डप अभियानका अभियान्ता पनि हुन । उनि बाजुरामा बन्न लागेको अनाथलयको लागि सक्दो आर्थिक संकलन गर्न दिनरात लागि परेका छन् ।
ढाकावाङ्गका खिमराज बेल्बासेका सिकिस्त विरामी ६ बर्षिय छोरा विशेष बेल्बासेको उपचारको लागि सहयोग गरिदिन परिवारले सबैमा आग्रह गरेका छन् ।
बालक विशेष जन्मिदा राम्रोसँग जन्मिएका पनि केहि महिना पश्चात मुखमा कालो पोतो जस्तै देखा परि त्यसबाट बिस्तारै खटिरा निस्किएर अहिले मुखमा खटिरा र आँखाबाट किरा निस्किने रोगबाट पिडित छन् ।
बालकको हाल भरतपुर क्यान्सर अस्पतालमा उपचार भईरहेको छ । उता केहि महिना अघि पिडितका बुबाको किड्नी खराब भएको र झन्डै २२ लाख खर्च गरि उपचार सफल भएको थियो । फेरि केहि अन्तरालपछि छोराको नराम्रोसँग विरामी भएकोले परिवार चिन्तित रहेका छन् ।
बालक बचाउनका लागि सहयोग गर्नुपरेमा सम्पर्क:- 9843847636 तथा बैंक अफ काठमाडौ:- 052100007237524 सहयोग गर्न सकिने छ ।