प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । सडक निर्माण गर्ने ठेक्का लिएर समय सकिँदा समेत काम नगर्ने एकजना ठेकेदार सदरमुकाम सन्धिखर्कमा पक्राउ परेका छन् ।
रुपन्देहीको सालझण्डीबाट सन्धिखर्क हुँदै बागलुङको ढोरपाटन जोड्ने सडक निर्माणको ठेक्का लिएर पनि काम नगर्ने बिटी जयबाबा कन्ट्रक्सनका प्रतिनिधि तनहुँ निवासी ३२ वर्षीय विवेक पौडेल पक्राउ परेका हुन् ।
२०७१ पुसदेखि सडक निर्माण नगरेका उनलाई सन्धिखर्कबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । उनले २०७४ साल वैसाखमा काम सक्नुपर्ने अन्तिम सम्झौता थियो । तर अझै पनि काम अलपत्र छ ।
सालझण्डी–ढोरपाटन सडकको कञ्चनखोलादेखि ढुंग्री खोलासम्मको १८ किलोमिटर सडक ग्राभेल गर्न भ्याटबाहेक ४ करोड ३७ लाखमा ठेक्का भएको थियो । उनले १८ किलोमिटरमा जम्मा अढाई किलो मिटर मात्र ग्राभेल गरेका थिए ।
पटक पटक काम गर्न आग्रह गर्दा समेत काम नगरेको सालझण्ढी–सन्धिखर्क ढोरपाटन सडक आयोजनाका प्रमुख ईन्जिनियर होमबहादुर एसीले बताए ।
समयमै काम नगरेको वर्षौँ बित्दा समेत काम नगरेका पौडेललाई सन्धिखर्कबाट पक्राउ गरिएको हो । काम गर्नुपर्ने म्याद सकिँदासमेत काम नगरेर शान्ति सुरक्षमा खलबल पुर्याएको भन्दै उनलाई शान्ति सुरक्षा ऐन अनुसार कारबाह अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक प्रदीपकुमार डिसीले बताए ।
२०७१ पुस २४ गते सम्झौता गरि हाल सम्म पनि काममा प्रगति नभएको ठेकदार श्रेष्ठ जिल्लामा नआए सम्म नछाड्ने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानाकारी दिनुभयो । पटक पटक काम गर्ने प्रतिवद्धता जाहेर गर्ने तर काम नगर्ने गरेको भुसालको भनाई छ । सालझन्डी ढोरपाटन सडक अन्तगर्त पाल्पाको कञ्चन देखी अर्घाखाँचीको ढुडग्री सम्म १७ किलोमिटरमा हाल सम्म २४ प्रतिसत मात्र काम भएको छ । सो योजनाका कारण बहु प्रस्तिठित सडकनै अवरुद्ध भएको छ ।
प्रदेश सभा सदस्य चेतनारायण आचार्यले जनताको बजेटमा काम नगर्ने अन्य ठेकेदारलाई प्रक्राउ गरि आवश्यक कार्वाही गर्न जिल्ला प्रशासनलाई आग्रह गर्नुभएको थियो । काम नगर्ने ठेकदारलाई कालो सुचीमा राख्न र म्याद थप गरि रहने कर्मचारीलाई कार्वाही गर्न पनि प्रमुख जिल्ला अधिकारी भुसाललाई निर्देशन दिनुभयो ।
एसएसीडिआरपि ३३७१२०४/०७१/०७२ – ००७ नम्वरका ठेक्का अन्तगर्त ४ करोड ९३ लाँख ९६ हजार ८ सय ५० मा लिएको टेण्डरबाट हाल सम्म १ करोड २२ लाख ८८ हजार ८ सय १ रुपैया भुक्तानी भएको सालझन्डी ढोरपाटनका ईन्जिईयर अशोक पौडेलले जानाकारी दिनुभयो । पटक पटक ठेकदार सम्र्पक गरि काम गर्न भने पनि आलटाल गरेको पौडेलको भनाई छ ।
यस्तै पटौटी अड्गुरी तम्घास सडक अन्तगर्तको एसएसीडिआरपि ३३७१३५४१०७२/०७२/०७३ –०२१ को ठेक्का पनि सन्तोष जनक काम नभएको भन्दै लिखित जवाफ पेश गर्न ठेकेदार जर्नादन ढकाललाई निर्देशन दिईएको प्रजिअ भुसालको भनाई छ । २०७३/३/३० भएको सम्झौता भएपनि हाल सम्म ४९ प्रतिसत मात्र काम भएको छ । म्याद थप भई २०७५÷४÷१५ काम सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ । ढकाले रसुवाका पुर्व सांसद भईसकेका छन् । अन्य केहि निर्माण व्यवसायीलाई सचेत गराईएको सहयाक प्रमुख जिल्ला अधिकारी शकंर भुसालले जानाकारी दिनुभयो ।