मुस्लिम संघ जिल्ला अर्घाखाँचीले सार्वजनिक विदा दिन माग गर्दै ज्ञापनपत्र बुझायो

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाल मुस्लिम संघ जिल्ला कार्य समिति अर्घाखाँचीले जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा ज्ञापनपत्र बुझाएको छ । 
मुस्लिम समुदायलाई राज्यले दिदै आएको पर्व र सार्वजनिक विदाहरूलाई हटाएको भन्दै उनीहरूले ज्ञापनपत्र बुझाएका हुन । ज्ञापनपत्रमा मदरसा शिक्षालाई राष्ट्रिय मूलधारमा ल्याउनुपर्ने, राज्यका हरेक निकायमा मुस्लिम समुदायको समान प्रतिनिधित्व र आरक्षण हुनुपर्ने, कबरस्थानको उचित व्यवस्थापन हुनुपर्ने र सम्वैधानिक मुस्लिम आयोगलाई कृयाशील बनाउनुपर्ने लगायतका मागहरू रहेका छन । 
मुस्लिम संघका केन्द्रिय सदस्य समशेर दीन मिया, जिल्ला कार्य समितिका अध्यक्ष मुस्ताक अली, उपाध्यक्ष, सचिव र सल्लाहकार लगायतको टिमले ज्ञापनपत्र  सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर प्रसाद भुसाललाई बुझाएको हो । 
केन्द्रिय समितिको निर्णय अनुसार आज देशैभर जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको जनाइएको छ ।